प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै



हाम्रो इकोनोमि

 

विदेश भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कने भएका छन् । गत वैशाख २६ गते भियतनाम र कम्बोडियाको भ्रमणमा निस्केका प्रधानमन्त्री ओली बुधबार स्वदेश फर्कन लागेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार, प्रधानमन्त्रीको भ्रमण टोली साँझ स्वदेश आइपुग्दैछ ।

 

प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतकाे टोली लिएर वैशाख २६ गते भियतनाम भ्रमणमा निस्केका थिए । भियतनाम भ्रमणमा ओलीले आफ्ना समकक्षीलगायत विभिन्न व्यक्तिहरुसँग भेटघाट गरेका थिए ।

 

भियतनामको भ्रमणपछि ओली त्यतैबाट कम्बोडिया लागेका थिए । कम्बोडिया पनि ओलीले आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै द्विपक्षीय हितबारे छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएकाे छ । प्रधानमन्त्रीस्तरबाट पहिलोपटक भएको यो भ्रमणलाई प्रधानमन्त्रीले सफल भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...