प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै



हाम्रो इकोनोमि

 

विदेश भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कने भएका छन् । गत वैशाख २६ गते भियतनाम र कम्बोडियाको भ्रमणमा निस्केका प्रधानमन्त्री ओली बुधबार स्वदेश फर्कन लागेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार, प्रधानमन्त्रीको भ्रमण टोली साँझ स्वदेश आइपुग्दैछ ।

 

प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतकाे टोली लिएर वैशाख २६ गते भियतनाम भ्रमणमा निस्केका थिए । भियतनाम भ्रमणमा ओलीले आफ्ना समकक्षीलगायत विभिन्न व्यक्तिहरुसँग भेटघाट गरेका थिए ।

 

भियतनामको भ्रमणपछि ओली त्यतैबाट कम्बोडिया लागेका थिए । कम्बोडिया पनि ओलीले आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै द्विपक्षीय हितबारे छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएकाे छ । प्रधानमन्त्रीस्तरबाट पहिलोपटक भएको यो भ्रमणलाई प्रधानमन्त्रीले सफल भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...