पूर्वमन्त्री बस्नेतले गुण्डा चलाउँदा सिन्धुपाल्चोक कांग्रेसमा किचलो



हाम्रो इकोनोमि

 

पूर्व सूचना तथा प्रविधि मन्त्री तथा नेपाली कांग्रेसका नेता मोहन बस्नेतका कारण सिन्धुपाल्चोकमा कांग्रेसको जागरण अभियानमा हात हालाहाल भएको खुलेको छ ।

 

उनी सिन्धुपाल्चोक जिल्ला समितिका पूर्वसभापति पनि हुन् । तर, अहिले उनीइतरका विकास लामा सभापति छन् । जागरण अभियानका क्रममा गएको शुक्रबार कार्यक्रममै भएको हानाहान पनि बस्नेत र लामाको विवादको परिणाम भएको स्रोतले जनायो ।

 

सभापति शेरबहादुर देउवा निकट बस्नेतले जिल्ला समितिसँग समन्वय नगरी एकलौटी हिसाबले कार्यक्रम गर्दै आएको आरोप पनि लाग्ने गरेको छ । उनले भ्रातृ संगठनमा समानान्तर समिति गठन गर्ने, आफ्ना बिरोधी र भनेको नमान्ने समूहलाई गुण्डा लगाएर थर्काउने गरेको बताइन्छ ।

 

‘कुटाकुटसम्मको अवस्था आउनुमा स्टेजमा बोल्ने विषयको विवाद थियो, यो बस्नेत र लामाबीचको मतभेदको परिणाम पनि थियो’, पुराना कांग्रेस नेता भन्छन्,‘संस्थापनइतरकालाई पेल्ने नियत राखिएको छ ।’

 

केन्द्रबाट जिल्लामा कार्यक्रम गर्ने निर्देशन हुँदा बस्नेत र लामाले छुट्टा छुट्टै कार्यक्रम राख्छन् । केही महिनाअघि बस्नेतको निर्देशमा तरुण दलका उपाध्यक्ष समेत रहेका गुण्डा नाईके सगुन श्रेष्ठको नेतृत्वमा जिल्ला पार्टी सभापति बिकास लामाको गाडी रोकी हातपातको प्रयास भएको थियो ।

 

बस्नेतले खटाउने श्रेष्ठ लगायत एक दर्जनलाई पार्टीको आचरणबिरुद्ध काम गरेको भन्दै तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ बस्नेतले साधारण सदस्य समेत नरहनी गरी कारवाही गरेका थिए ।

 

तर प्रमोद लामाको नेतृत्वमा समान्तर समिति गठन गरेर सगुन श्रेष्ठलगायतलाई तरुणदलकै कार्यकर्ता भएको भन्दै गैर कानुनी तरिकाबाट उभ्याइएको बताइन्छ ।

 

शुक्रबार पनि कार्यक्रमको उद्घाटन सत्रमा देउवानिकट हरिशरण श्रेष्ठ र जिल्ला सचिव झलक नेपालले जिल्ला सभापति लामाले एकलौटी गरेको आरोप लगाएपछि विवाद सुरु भएको थियो ।

 

जिल्ला सभापति लामाले श्रेष्ठ र नेपालले आफूमाथि लागेका आरोपबारे प्रष्टीकरण दिएपछि दुई पक्षबीच भनाभन सुरु भएको थियो । संस्थापन समितिविरुद्ध प्रमोद लामाको नेतृत्वमा समानान्तर जिल्ला समिति बन्यो । केन्द्रीय सदस्यको निर्देशनमा समिति गठन गरिएकाले यो नै वैधानिक तरुण दल भएको समानान्तर समितिको दाबी छ । घोषणासभामा पार्टीका तर्फबाट प्रतिनिधिसभा–१ का सभापति बालकृष्ण बस्नेत उपस्थित थिए  दैनिक नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...