विप्लव रुकुमपूर्व जिल्ला ईन्चार्ज नकाल पक्राउ



हाम्रो इकोनोमि

 

प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका रुकुम पूर्व जिल्ला ईन्चार्ज कर्णबहादुर नकाल ‘शिशिर’ पक्राउ परेका छन् । उनलाई रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३ गरायला क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको घर गरायलामै पर्छ ।

नकाल  माओवादी जनयुद्धमा ब्रिग्रेड सहायक कमाण्डरसमेत भएका थिए। उनलाई हिरासत लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको  छ।

सरकारले प्रतिबन्धित लगाएयता रुकुम प्रहरीले विप्लव समुहका ४ जना कार्यकर्ता पक्राउ गरेको छ । केहिदिन अघि विप्लव समुहका युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गर्न प्रहीले हवाई फायर नै गरेको थियो ।

शर्मालाई चौरजहारी नगरपालिका–५ सल्लाबोटमा ‘हवाई फायर’ गरेर प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ गर्ने क्रममा शर्माको टाउको र प्रहरीलाई सामान्य चोटपटक थियो । तत्कालीन माओवादीले चलाएको जनयुद्धका बेला रुकुम बलियो आधार इलाका थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...