प्रधानमन्त्री ओलीलाई भब्य स्वागत, कम्बोडियाली जनता नेपाली झण्डा बोकेर सडकमा उत्रिए



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओली तीन दिनको औपचारिक भ्रमणका लागि सोमबार कम्बोडिया अधिराज्य पुग्नु भएको छ । उहालाई त्यहा भब्य स्वागत गरिएको छ ।

प्रधानमन्त्री ओलीलाई नोन पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका वातावरण तथा सवारीमन्त्री से अल र वैदेशिक मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका सेक्रेटरी अफ स्टेट इट सोफियाले स्वागत गर्नुभएको थियो ।

कम्बोडियाका प्रधानमन्त्री साम वेद्क आक्का मोह सेना पाडेयी टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहा पुग्नु भएका प्रधानमन्त्री ओलीलाई त्यहा जनताले भब्य स्वागत गरेका छन् । सडकका दायाबाया उभिएर दुई देशका झण्डा बोकेर प्रधानमन्त्री ओलीलाई स्वागत गरेका हुन् ।

भ्रमण टोलीमा प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहाकार डा राजन भट्टराई, सांसद, उच्चपदस्थ सरकारी अधिकारी, निजी क्षेत्रका व्यवसायी, सञ्चारकर्मीलगायत हुुनुहुन्छ । तस्विर : रासस

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...