प्रचण्डले भने पाँच वर्षभित्र चीनको ल्हासाबाट काठमाडौंमा रेल आउछ



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही वर्षभित्र चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने दावी गरेका छन् । अध्यक्ष प्रचण्डले चीनबाट नेपालमा रेल आउने कुरा अव सपनाको विषय नरहेको दाबीसमेत गरे । ‘तपाई/हामी जीवित रहँदै काठमाडौंमा रेल ल्याउने कामको सुरुवात भइसकेको छ,’ विभूति सीता जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘त्यसलाई लुम्विनीसम्म लैजाने योजना तय गरिएको छ ।’

 

उनले चीनको ल्हासा हुँदै काठमाडौं र काठमाडौंबाट लुम्विनीसम्म रेल सञ्चालन गर्न सके त्यो मुलुकको अर्थतन्त्र र पर्यटन विकासको क्षेत्रमा कोशेढुंगा सावित बताए । प्रचण्डले लुम्बिनी–पशुपति–जनकपुरलाई जोडने एउटा सर्किट दशेभित्रै बन्न जरुरी रहेको औंल्याए ।

 

नेपाल र भारत दुवै मुलुकको शक्तिपीठहरुलाई मिलाएर एउटै शक्तिपीठ सर्किट बनाएर दुवै मुलुकको धार्मिक पर्यटनको क्षेत्रमा क्रान्ति ल्याउने कामलाई अघि बढाइएको उनको भनाइ छ । अध्यक्ष प्रचण्डले आफूले पछिल्लो पटक भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शक्तिपीठ सर्किट निर्माणको विषयलाई जोड दिएर छलफल गरेको पनि स्मरण गराए ।

 

‘दुवै मुलुकका जनताको आर्थिक जीवनमा गुणात्मक ढंगले समृद्धि ल्याउने गरी दुवै देशका शक्ति पीठहरुलाई जोडेर एउटै शक्ति पीठ सर्किट बनाउने योजनाका साथ दुवै देशका विद्धानहरुलाई सम्भाव्यता अध्ययन गर्ने कामको जिम्मेवारी दिइएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘यसलाई सम्भव बनाउन सके नेपालको धार्मिक पर्यटन क्षेत्रको विकासमा एउटा क्रान्ति नै आउने र दुवै मुलुकका जनताको आर्थिक जीवनमा गुणात्मक ढंगले समृद्धि छाउनेछ ।’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...