प्रधानमन्त्री ओलीको निगरानीमा मन्त्री बिना मगर



हाम्रो इकोनोमि

 

खानेपानी तथा ढल सरसफाई मन्त्री बिना मगरको मन्त्रालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको निगरानी बढेको छ । मन्त्रीहरूको कामको मुल्यांकन गर्ने नीति ल्याएका ओलीले निगरानीमा राखेको मध्येको पहिलो मन्त्रालय खानेपानी तथा ढल व्यवस्थापन नै रहेको बताइएको छ ।

 

उच्च स्रोतका अनुसार मेलम्ची खानेपानी आयोजनालाई समयमा ल्याउने काममा मन्त्री मगर असफल भएको ठहर गर्दै निगरानी बढाइएको हो । मेलम्ची आयोजनालाई अब कसरी अगाडि बढाउने भन्ने विषयमा सोझै प्रधानमन्त्री कार्यालयबाट निर्देशन जाने छ ।

 

तत्कालिन सचिव गजेन्द्र ठाकुरका लहैलहैमा राखेर मन्त्री मगरले गलत सूचना दिँदै आयोजनाको सन्दर्भमा प्रधानमन्त्रीलाई गुमराहमा राखेका कारण उक्त आयोजनामा प्रधानमन्त्री कार्यालयले हस्तक्षेपको नीति लिएको हो ।

 

यस्तो हस्तक्षेपका लागि नेकपा नेता पुष्पकमल दाहाल प्रचण्डको भागमा रहेको मन्त्रालय भएकाले स्वीकृति लिइसकिएको प्रधानमन्त्री ओलीनिकट स्रोतले जनायो ।

 

त्यसो त मेलम्ची आयोजना समयमा आउन नसक्नुको कमजोरीका विषयमा प्रधानमन्त्री ओली र आफैंले पनि हस्तक्षेप नगरी नहुने अवस्था आएको नेकपा अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रममा बताइसकेका छन् । तर, उनले मन्त्री मगरसहित सरकारले काम गर्दा गर्दै पनि किन मेलम्ची आएन भन्ने विषयमा अदृश्य शक्तिको खेल रहेको बताए । अदृश्य शक्तिबारे उनले केही खुलाएका छैनन् ।

 

‘मेलम्ची नआउनुको कारणबारे खोजी भएको, मिडियाले पनि प्राथमिकताका साथ प्रकाशन गरिरहेको र सोही मन्त्रालयमा एक बर्षमा तीनवटा सचिव फेरिनुको कारणबारे प्रधानमन्त्री कार्यालयले विश्लेषण गरेको छ’, स्रोतले भन्यो,‘किन त्यसो भयो भन्नेबारेमा सम्बन्धित मन्त्रालयकी मन्त्री मगरलाई पनि सोधिएको छ ।’

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...