मोदीको मेकअपमा मासिक ८० लाख भारु खर्च



हाम्रो इकोनोमि

 

भारतमा सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान तानिरहेको छ प्रधानमन्त्री नरेन्द्र मोदीले मेकअप गरिरहेको एक भिडियोले । केही मेकअप आर्टिस्ट प्रधानमन्त्री मोदीको वरिपरि देखिन्छन् ।

 

अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले यो भिडियो शेयर गर्दै मोदीको मेकअपमा मासिक ८० लाख भारतीय रुपैंया खर्च हुने गरेको उल्लेख गरेका छन् । आरटीआइ प्रयोग गरी यो जानकारी प्राप्त गरेको उनीहरुले बताएका छन् । वास्तविकता भने फरक छ । यो भिडियो सन् २०१६मा बेलायतको राजधानी लन्डनस्थित म्याडम तुसाद म्युजियमले तयार पारेको हो ।

 

म्युजियममा विश्वका प्रभावशाली नेताहरुको प्रतिमा राख्ने गर्छ । यसैका लागि मोदीको प्रतिमा बनाउने तयारीका क्रममा यो भिडियो बनाइएको थियो । म्युजियमले त्यसैबेला यो भिडियो युट्युबमा राखेको थियो । मोदीको मेकअपमा कति खर्च हुन्छ भन्ने विषयमा पनि आरटीआइ परेको नपाइएको बिबिसी हिन्दीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...