सरकारमा बसेर सरकारविरुद्ध आन्दोलन गर्ने भट्टराईको तयारी



हाम्रो इकोनोमि

 

सरकारमा सहभागी भएर समाजवादी पार्टी नेपालले वर्तमान सरकारको कार्यशैलीकै विरुद्ध आन्दोलन गर्ने भएको छ । तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच मिलेर दुई हप्ता अगाडि समाजवादी पार्टी नेपाल गठन भएको थियो ।

 

पार्टीलाई उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले नेतृत्व गरेका छन् । अध्यक्ष यादव सरकारमै बस्नुपर्ने पक्षमा छन् । अर्का अध्यक्ष डा.भट्टराई सरकार बाहिर आएर संघर्ष गर्नुपर्ने अडानमा छन् ।

 

पार्टी एकीकरणपछि बनेको नयाँ पार्टीको बारेमा जानकारी दिनेभन्दै जेठ ११ गतेदेखि यादव र डा.भट्टराईले आठ शहरहरूमा आमसभा गर्दै छन् । ती सभाहरूमा दुबै अध्यक्षले सम्बोधन गर्नेछन् ।

 

नेपाली रेडियो नेटवर्कको बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग आइतबार बिहान कुरा गर्दै समाजवादी पार्टी नेपालका नेता नवराज सुवेदीले आठ वटा शहरहरूमा हुन लागेको सभामा सरकारको कामबारही र असफलताका विषयमा पनि जानकारी गराइने बताए ।

 

सरकारमा बसेर सरकारविरुद्ध आन्दोलन र सभा गर्न पाइन्छ ? भनेर सोधिएको प्रश्नको जवाफमा नेता सुवेदीले भने, ‘हामीले संविधान संशोधनको माग उठाएका छौँ । माग पूरा भएन भने सरकारमा बस्ने कुरा आउँदैन । सरकारमा सहभागी भएपनि एजेण्डा नै छाड्ने कुरा आउँदैन ।’

 

उनले सरकार असफल भइसकेको बताए । ‘आकाश छुने कुरा भएका छन् । पानीजहाजको हावा कुरा गरिएको छ । रोडमा हवाइजहाज उडाउने कुरा भएको छ’, उनले भने, ‘यथार्त हेर्ने हो भने हाम्रा सडकहरूमा धुलो । हिँड्नै नसक्ने अवस्थामा छन् । ठेकेदारहरू पैसा लिएर भागेका छन् ।’ उनले यस्तो बेथितिविरुद्ध सभाहरूमा जनतालाई जानकारी गराउने बताए ।

 

समाजवादी पार्टीका नेता सुवेदीले वर्तमान सरकार भ्रष्टाचारमा डुबेको बताए । ‘यो सरकारलाई विश्वास गर्ने आधार छैन । सरकार सफल भएको छैन । असफल भएको छ’, उनले भनेका छन् । सुवेदी डा.भट्टराई निकटका नेता हुन् । डा.भट्टराई वर्तमान सरकारको कटु आलोचक हुन् ।

 

पार्टी एकीकरणपछि एकताको सन्देश प्रवाह गर्ने भन्दै केन्द्रीयस्तरबाट जेठ ११ गते विराटनगरबाट शुभारम्भ भएर पश्चिमको धनगढी हुँदै जेठ २५ गते पोखरामा समापन हुनेछ ।

 

कार्यक्रम तालिका अनुसार आगामी जेठ ११ गते विराटनगर, १२ गते जनकपुर, १३ गते वीरगंज, १७ गते भैरहवा, १८ गते नेपालगंज, १९ गते सुर्खेत, २१ गते धनगढी र २५ गते पोखरामा सम्बोधन गरी कार्यक्रम सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...