रेसलिङ खेल्दाखेल्दै सिल्भर किंगको रिङ भित्रै मृत्यु



हाम्रो इकोनोमि

 

डब्ल्यूसीडब्ल्यूका पूर्व रेसलर एवं ज्याक फ्ल्याक नामक फिल्ममा अभिनय गरेका सिल्भर किंगको लण्डनमा आयोजित दर्शकले खचाखच भरिएको एक कार्यक्रममा मृत्यु भएको छ । सन् २००६ मा कमेडी नाचो लिब्रेमा समेत अभिनय गरिसकेका सिल्भर किंग उत्तर लण्डनको क्याम्डेनस्थित राउन्डहाउस थिएटरमा आफ्नो प्रस्तुती दिइरहेका थिए ।

 

वास्तविक नाम कवाहतेमोक गोन्जालेज ब्यारोन भएका मेक्सीकेली रेसलर रेसलिङ खेल्दाखेल्दै एकाएक लडे । सुरुमा दर्शकले त्यो प्रस्तुतीकै एउटा पाटो सम्झिए । द वर्ल्ड रेसलिङ काउन्सिलले आफ्नो ट्वीटर अकाउन्टमा उनको मृत्युबारे पुष्टि गरेको छ ।

 

सिल्भर किंग शनिबार रातीको उक्त कार्यक्रममा डब्ल्यूडब्ल्यूईका पूर्व स्टार ‘द जुस’ गुएरेरासँग भिडिरहेका थिए । उनी लडेको केही समयपछि अन्य रेसलेरले उनलाई घेरे र उनको छातीमा थिच्न थाले । त्यसपछि दर्शकलाई उक्त हलबाट निकालियो ।

 

एक प्रत्यक्षदर्शीले भने, ‘उनीहरु रेसलिङ खेलिरहेका थिए, एकाएक केही विपत् आइलाग्यो ।’ ‘उनीहरु रेसलिङ खेलिरहेका बेला एकाएक माहौल परिवर्तन भयो । सिल्भर किंगको छातीमा अन्य रेसलरहरुले बेस्सरी थिचिरहेका थिए ।’

 

‘अन्य रेसलर रिङ भित्रै तत्काल पुगे । दृश्य निकै भयानक थियो । उनीहरुले त्यहाँबाट सबैलाई निकाले तर घटना भएको २० मिनेट बितिसक्दा पनि एम्बुलेन्स देखिएको थिएन,’ द सनले भन्यो । एक प्रत्यक्षदर्शीका अनुसार त्यहाँ थुप्रै बालबालिकाको उपस्थिती थियो । त्यहाँ केही गम्भीर घटना भएको भनेर चाल पाउन दुई मिनेट पनि लागेन ।

 

सबैभन्दा ठूलो शो लुचा लिब्रेमा आफ्नो प्रस्तुती दिइरहेका सिल्भर किंगले सन् १९९७ देखि २००० मा वर्ल्ड च्याम्पियन रेसलिङमा पनि भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...