रेसलिङ खेल्दाखेल्दै सिल्भर किंगको रिङ भित्रै मृत्यु



हाम्रो इकोनोमि

 

डब्ल्यूसीडब्ल्यूका पूर्व रेसलर एवं ज्याक फ्ल्याक नामक फिल्ममा अभिनय गरेका सिल्भर किंगको लण्डनमा आयोजित दर्शकले खचाखच भरिएको एक कार्यक्रममा मृत्यु भएको छ । सन् २००६ मा कमेडी नाचो लिब्रेमा समेत अभिनय गरिसकेका सिल्भर किंग उत्तर लण्डनको क्याम्डेनस्थित राउन्डहाउस थिएटरमा आफ्नो प्रस्तुती दिइरहेका थिए ।

 

वास्तविक नाम कवाहतेमोक गोन्जालेज ब्यारोन भएका मेक्सीकेली रेसलर रेसलिङ खेल्दाखेल्दै एकाएक लडे । सुरुमा दर्शकले त्यो प्रस्तुतीकै एउटा पाटो सम्झिए । द वर्ल्ड रेसलिङ काउन्सिलले आफ्नो ट्वीटर अकाउन्टमा उनको मृत्युबारे पुष्टि गरेको छ ।

 

सिल्भर किंग शनिबार रातीको उक्त कार्यक्रममा डब्ल्यूडब्ल्यूईका पूर्व स्टार ‘द जुस’ गुएरेरासँग भिडिरहेका थिए । उनी लडेको केही समयपछि अन्य रेसलेरले उनलाई घेरे र उनको छातीमा थिच्न थाले । त्यसपछि दर्शकलाई उक्त हलबाट निकालियो ।

 

एक प्रत्यक्षदर्शीले भने, ‘उनीहरु रेसलिङ खेलिरहेका थिए, एकाएक केही विपत् आइलाग्यो ।’ ‘उनीहरु रेसलिङ खेलिरहेका बेला एकाएक माहौल परिवर्तन भयो । सिल्भर किंगको छातीमा अन्य रेसलरहरुले बेस्सरी थिचिरहेका थिए ।’

 

‘अन्य रेसलर रिङ भित्रै तत्काल पुगे । दृश्य निकै भयानक थियो । उनीहरुले त्यहाँबाट सबैलाई निकाले तर घटना भएको २० मिनेट बितिसक्दा पनि एम्बुलेन्स देखिएको थिएन,’ द सनले भन्यो । एक प्रत्यक्षदर्शीका अनुसार त्यहाँ थुप्रै बालबालिकाको उपस्थिती थियो । त्यहाँ केही गम्भीर घटना भएको भनेर चाल पाउन दुई मिनेट पनि लागेन ।

 

सबैभन्दा ठूलो शो लुचा लिब्रेमा आफ्नो प्रस्तुती दिइरहेका सिल्भर किंगले सन् १९९७ देखि २००० मा वर्ल्ड च्याम्पियन रेसलिङमा पनि भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...