राम्रो बन्न मन छ ? यसरी गर्नुहोस् अनुहारको स्याहार



हाम्रो इकोनोमि

 

अनुहार नियमित धुनुहोस् । मेकअप सफा गरेपछि अनुहार धुने बानी अनिवार्य बसाल्नुहोस् । बिहान या बेलुका व्यायामपछि पनि अनुहार धुनुहोस् ।

० डन्डिफोर आएको छ भने निचोर्ने तथा फुटाउने नगर्नुहोस् । डन्डिफोर फुटाउँदा अनुहारमा पीडा हुनुका साथै अझै धेरै डन्डिफोर आउँछ।

० पटक–पटक अनुहार नछुनुहोस् । अनुहार धेरै छुँदा हातको फोहोर या तेल अनुहारमा लाग्छ । अनुहारका रौँका प्वालमा फोहोर जमेर संक्रमण हुन्छ ।

० अनुहारमा नियमित टोनर प्रयोग गर्नुहोस् । तर, छालाअनुसार उपयुक्त टोनर आवश्यक पर्छ । टोनरले डन्डिफोर, दाग–धब्बाको समस्या कम गर्न तथा छाला सफा राख्न महत्वपूर्ण भूमिका खेल्छ ।

० अनुहारमा स्क्रब गर्नुहोस् । स्क्रबले डेड सेल हटाउँछ र छाला चमकदार बनाउँछ । हप्तामा एकपटक स्क्रब गर्नु उपयुक्त हुन्छ । स्क्रब गरेपछि फेसियल, ब्लिचिंग आवश्यक नपर्न सक्छ । तर, धेरै स्क्रब भने नगर्नुहोस् । प्राकृतिक तेल बढी खेर जाँदा छालालाई झन् बेफाइदा गर्छ । समय–समयमा स्किनको ट्रिटमेन्ट पनि गर्नुहोस् ।

० छाला नराम्रो हुने, डन्डिफोर आउने मुख्य कारणमा तनाव पनि पर्छ । त्यसैले तनावमुक्त रहनुहोस् । तनावमुक्त हुन विभिन्न उपाय अपनाउन सकिन्छ । योग, ध्यान गर्ने तथा संगीत सुन्ने गर्दा पनि तनावमुक्त भइन्छ ।

० छालालाई सूर्यको किरणबाट बचाउनुहोस् । घरबाहिर निस्किनुअघि एसपिएफ ३० भन्दा बढीको क्रिम प्रयोग गर्नुहोस् ।

० आफूलाई उपयुक्त प्रोडक्ट मात्रै प्रयोग गर्नुहोस् । साइड इफेक्ट हुने प्रोडक्ट प्रयोग नगर्नुहोस् । स्किन प्रोफेसनलको परामर्शमा प्रोडक्टहरू प्रयोग गर्नु राम्रो हुन्छ।

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...