नेपाली कांग्रेसको जागरण अभियान उद्घाटनमै कुटाकुट, डरलाग्दो झडपपछि नेता कार्यकर्ताको भागभाग



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसले पार्टी सुदृढीकरणका लागि नेपाली कांग्रेसको जागरण अभियान सुरु गरेको छ । तर अचम्म त के छ भने पार्टी सुधारका लागि अनुशासन कायम गर्न गरिएको अभियानको उद्घाटन सत्रमा नै भयानक झडप भएको छ ।

 

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच सिन्धुपाल्चोकमा डरलाग्दो झडप भएको हो । झडप हुँदा सिन्धुपाल्चोकमा तरुण दलका १ कार्यकर्ता घाइते भएका छन् ।

 

उद्घाटन सत्रको सुरुको मन्तव्य राखेका देउवामाथि पार्टीकै देउवाविपक्षी कार्यकर्ताहरुले एकलौटी पार्टी चलाएको आरोप लगाएका र त्यसपछि देउवापक्ष र विपक्षबीच विवाद भएको हो ।

 

सो क्रममा कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भएका हुन् । झडपपछि कार्यक्रमका सहभागीबीच भागभाग समेत मच्चिएको जनाइएको छ ।

 

कार्यकर्ताबीच विवाद भएपछि कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले सम्झाउने प्रयास गरे पनि कार्यकर्ता थप उत्तेजित बन्दै कुटपिटमा उत्रिएका थिए । कार्यक्रममा तनावपछि बस्नेत समस्या बोकेरै राजधानी फर्केको पार्टी जिल्ला सभापति विकास लामाले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...