नेपाली कांग्रेसको जागरण अभियान उद्घाटनमै कुटाकुट, डरलाग्दो झडपपछि नेता कार्यकर्ताको भागभाग



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसले पार्टी सुदृढीकरणका लागि नेपाली कांग्रेसको जागरण अभियान सुरु गरेको छ । तर अचम्म त के छ भने पार्टी सुधारका लागि अनुशासन कायम गर्न गरिएको अभियानको उद्घाटन सत्रमा नै भयानक झडप भएको छ ।

 

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच सिन्धुपाल्चोकमा डरलाग्दो झडप भएको हो । झडप हुँदा सिन्धुपाल्चोकमा तरुण दलका १ कार्यकर्ता घाइते भएका छन् ।

 

उद्घाटन सत्रको सुरुको मन्तव्य राखेका देउवामाथि पार्टीकै देउवाविपक्षी कार्यकर्ताहरुले एकलौटी पार्टी चलाएको आरोप लगाएका र त्यसपछि देउवापक्ष र विपक्षबीच विवाद भएको हो ।

 

सो क्रममा कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भएका हुन् । झडपपछि कार्यक्रमका सहभागीबीच भागभाग समेत मच्चिएको जनाइएको छ ।

 

कार्यकर्ताबीच विवाद भएपछि कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले सम्झाउने प्रयास गरे पनि कार्यकर्ता थप उत्तेजित बन्दै कुटपिटमा उत्रिएका थिए । कार्यक्रममा तनावपछि बस्नेत समस्या बोकेरै राजधानी फर्केको पार्टी जिल्ला सभापति विकास लामाले बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...