के तपाईं मोटोपनाले गर्दा दुःखी हुनुहुन्छ ? यो हो कम गर्ने सबैभन्दा सरल घरेलु तरिका



हाम्रो इकोनोमि

पछिल्लो समय मानिसमा बढ्दै गएको विलासी जीवनले मोटोपन एक मुख्य समस्या हुँदै गएको छ ।

मोटोपन कम गर्नको लागि अनेक उपायहरु पनि रहेका छन् । योगा देखि लिएर अन्य औषधि पनि प्रयोग गर्ने गरिएको छ ।

के मोटोपनाले तपाईं दुःखी हुनुहुन्छ अनी मोटोपन कम गर्ने भनेर भात कम खाने गर्नुभएको छ ।

यदि त्यसो हो भने भात मन पराउनेहरुका लागि एउटा सुखद् खबर आएको छ । भात धेरै खाए मोटो भइन्छ भन्ने परम्परागत सोच बदल्नु पर्ने अवस्था देखिएको छ ।

एउटा अध्ययनले के देखाएको छ भने भात खाएर मोटोपना बढ्ने नभई रोक्न मद्दत गर्दछ । जापानका अनुसन्धानकर्ताहरुले औसत रूपमा भात खाने मानिसलाई मोटोपना घटाउन सजिलो हुने पत्ता लगाएका छन् ।

उनीहरुका अनुसार एउटा कपको लगभग एक चौथाई भात खाने मानिसलाई मोटोपना घटाउन सजिलो हुन्छ ।

‘अध्यनमा भनिएको छ, ‘तौल बढ्नबाट रोक्नका लागि भात खानु लाभदायक देखिएको छ ।

चामलका दानादानाबाट प्राप्त हुने फाइबर,पौष्टिक तत्व र विरुवाजन्य पदार्थले पेट भरिएको अनुभूति गराउने र थप खान मन लाग्नबाट रोक्ने गर्दछ ।’

अनुसन्धानकर्ताहरुले चामलबाट बनेका सबै उत्पादनलाई अनुसन्धानको नजरबाट हेरेको बताए । उनीहरुले सेतो र खैरो चामल, चामलको पिठो र ती चामलजन्य सबै चिजको उपभोग गरेर अनुसन्धान गरेको बताइएको छ ।

अनुसन्धानकर्ताहरुले ती चामलको उपभोग र सोबाट उत्पन्न हुने ऊर्जाबारे एक सय ३६ राष्ट्रका १० लाखभन्दा बढी मानिसमा अनुसन्धान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...