नेकपाको पोलिटब्यूरो, केन्द्रीय सदस्यको जिम्मेवारी र जनवर्गीय संगठनको एकता एकै दिन घोषणा गर्ने



हाम्रो इकोनोमि

 

नेकपाले पोलिटब्यूरो गठन, केन्द्रीय सदस्यहरुको जिम्मेवारी र जनवर्गीय संगठनहरुको एकता एकै दिन घोषणा गर्ने भएको छ । पार्टी एकताको दिन जेष्ठ ३ मा घोषणा गर्नेगरी तयारी गरिएको छ ।

 

 

पोलिटब्यूरो गठनका लागि शीर्ष नेतामा सहमति जुटिसकेको छ भने जनबर्गीय संगठनको टुंगो पनि लागिसकेको छ । केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँडमा भने सकस परेको छ । जिल्ला इन्चार्ज टुंग्याउने बिषयमा नेताहरुबीच छलफल चलिरहेको स्रोतले बताएको छ ।

 

जिल्ला इन्चार्ज टुंग्याउने अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपालबीच एक्लाएक्लै छलफल भइरहेको छ । सोमबार अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच चार घण्टा बालुवाटारमा छलफल भएको थियो ।

 

पूर्व एमालेबाट पोलिटब्यूरो बन्ने सदस्यहरुको नाम टुंगो लागेको छ । पूर्व पोलिटब्यूरो सदस्यहरु स्वतः परेका छन् भने बाँकी २० जनाका हकमा मापदण्ड बनाइएको छ । महाधिबेशनमा प्रतिनिधि बनेको, दुई वा त्यो भन्दा बढि केन्द्रीय समितिमा बसिसकेका नेताहरु पोलिटब्यूरोमा पर्नेछन् ।

 

यही मापदण्डका आधारमा पोलिटब्यूरोको सूचि तयार भएको छ । जिल्ला नेतृत्व पनि सिनियरका आधारमा बनाउने ओली र नेपालबीच सहमति भइसकेको छ । जनप्रतिनिधिहरु पनि जिल्ला नेतृत्वमा आउने भएका छन् ।

 

जनवर्गीय संगठनको बाँडफाँड गर्न तीन नेताबीच छलफल भइरहेको छ । पूर्वएमाले र पूर्वमाओवादीबीच कुन जनवर्गीय संगठन कसले लिने भन्ने बिषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...