नीति तथा कार्यक्रम बहुमतले पारित



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत विपक्षी पार्टीहरुको विरोधलाई छिचोल्दै सरकारले नीति तथा कार्यक्रम पारित गराएको छ ।सरकारले आर्थिक वर्ष २०७६–७७ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र सांसदहरुले नीति तथा कार्यक्रमको विपक्षमा मत दिए पनि कार्यक्रम बहुमतले पारित भएको हो ।

 

 

गत बैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि संसदमा आइतबार, सोमबार र मंगलबार(आज) गरी तीन दिन छलफल भएको थियो ।

 

नीति तथा कार्यक्रममाथि नेपाली कांग्रेस, राजपालगायतका दलका सांसदले राखेको संशोधन प्रस्ताव बहुमतले खारेज भएको थियो । नीति तथा कार्यक्रम पारित भएपछि संसद बैठक ३ दिनका लागि स्थगित गरिएको छ ।

 

अब संसद बैठक वैशाख २७ गते ११ बजे बस्ने सभामुख कृष्ण बहादुर महराले जानकारी दिनुभएको छ । यो बिचमा प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया र भियतनाम भ्रमणमा जान लाग्नु भएको छ ।

 

संघीय संसदको प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले आफूले यही वैशाख २६ गतेदेखि कम्बोडिया र भियतनामको औपचारिक भ्रमण गर्न लागेको जानकारी गराउनुभएको हो ।

 

उहाँले भ्रमण जेठ १ गतेसम्म हुने पनि जानकारी गराउँनु भएको छ । उहाँले औपचारिक भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउनुको साथै नेपालको पर्यटन प्रबर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास लिएको समेत्त जानकारी गराउँनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...