बालुवाटारको सरकारी जग्गा फर्काउन प्रक्रिया शुरु



हाम्रो इकोनोमि

 

सरकारले ललितानिवासलगायत व्यक्तिले हडपेको सरकारी जग्गा फर्काउन प्रक्रिया थालेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गैरकानूनी ढंगबाट व्यक्तिका नाममा दर्ता गरिएका सार्वजनिक जग्गा फर्काउन प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेको हो ।

 

अब बस्ने मन्त्रिपरिषद बैठकमा अतिक्रमित सार्जजनिक जग्गा सरकारको मातहतमा ल्याउने गरी प्रस्ताव तयार गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार व्यक्तिले हडपेका अतिक्रमित जग्गालाई सरकारी स्वामित्वमा ल्याउने प्रस्ताव हाल भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालको टेबुलमा छ ।

 

स्रोतका अनुसार उक्त प्रस्ताव सतिव गोपीनाथ मैनालीले तयार गरेका थिए । मन्त्री अर्यालको ललितानिवासलगायत देशभर व्यक्तिका नाम गैरकानूनी ढंगबाट हडपिएका जग्गा सरकारको नाममा फर्काउन प्रक्रिया थालिएको बताइन् ।

 

उनले आइतबार मन्त्रालयमा केही संवाददातासँगको भेटमा भनिन्, ‘ललितानिवासलगायत देशभर अतिक्रिमित भएका जग्गा सरकारको नाममा ल्याउन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी भएको छ । सम्भवतः अब बस्ने मन्त्रिपरिषदको बैठकमा यो प्रस्ताव जान्छ ।’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...