बालुवाटारको सरकारी जग्गा फर्काउन प्रक्रिया शुरु



हाम्रो इकोनोमि

 

सरकारले ललितानिवासलगायत व्यक्तिले हडपेको सरकारी जग्गा फर्काउन प्रक्रिया थालेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गैरकानूनी ढंगबाट व्यक्तिका नाममा दर्ता गरिएका सार्वजनिक जग्गा फर्काउन प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेको हो ।

 

अब बस्ने मन्त्रिपरिषद बैठकमा अतिक्रमित सार्जजनिक जग्गा सरकारको मातहतमा ल्याउने गरी प्रस्ताव तयार गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार व्यक्तिले हडपेका अतिक्रमित जग्गालाई सरकारी स्वामित्वमा ल्याउने प्रस्ताव हाल भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालको टेबुलमा छ ।

 

स्रोतका अनुसार उक्त प्रस्ताव सतिव गोपीनाथ मैनालीले तयार गरेका थिए । मन्त्री अर्यालको ललितानिवासलगायत देशभर व्यक्तिका नाम गैरकानूनी ढंगबाट हडपिएका जग्गा सरकारको नाममा फर्काउन प्रक्रिया थालिएको बताइन् ।

 

उनले आइतबार मन्त्रालयमा केही संवाददातासँगको भेटमा भनिन्, ‘ललितानिवासलगायत देशभर अतिक्रिमित भएका जग्गा सरकारको नाममा ल्याउन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी भएको छ । सम्भवतः अब बस्ने मन्त्रिपरिषदको बैठकमा यो प्रस्ताव जान्छ ।’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...