नेकपामा पौडेललाई युवा, तामाङलाई विद्यार्थी नेतृत्व



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टीको एकीकरण टुंगो लगाउनका लागि पेचिलो बनेको जनवर्गीय संगठनहरू मध्ये युवा र विद्यार्थीका लागि लविङ जारी छ । दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विभिन्न पक्षको डेलिगेशन पुगिरहेको छ । अहिले अध्यक्षद्वयलाई बाँडफाँटका लागि सजिलो बनाउन दुई संगठनको सहज प्रस्ताव गरिएको छ ।

 

ओली नजिक रहेका युवा संघ नेपालका अध्यक्ष रमेश पौडेललाई एकीकृत युवाको अध्यक्ष र वाइसीएलका दिपशिखालाई सह–अध्यक्ष तथा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङलाई अध्यक्ष र नवीना लामालाई सह–अध्यक्ष प्रस्ताव गरिएको छ ।

 

लामाले उक्त पद नलिए रश्मी आचार्यलाई सह–अध्यक्ष बनाउन सकिने हिसाबले लविङ सुरु भएको छ । तर, युवा र विद्यार्थी मोर्चा पूर्वमाओवादी खेमाले नै सम्हाल्नुपर्ने भन्दै प्रचण्डलाई दबाब पुगेको छ । यद्यपि, विद्यार्थीको नेतृत्व पाए युवा दस्ताको नेतृत्व पूर्वएमालेलाई छाड्न प्रचण्ड सहमत छन् ।

 

‘हामीले विद्यार्थीको नेतृत्व पाएको खण्डमा युवाको दाबी गर्ने छैनौं । अध्यक्षको त्यस्तो संकेत पाएका छौं’, स्रोतले भन्यो,‘त्यसो हुँदा सहज ढंगले पार्टी एकीकरणको काम सकिन्छ । आठ महिनाभित्र महाधिवेशन गर्ने भनिएकै छ ।’

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...