धमला र ज्योतिषीले राजतन्त्र फर्काउने : सेना र प्रधानसेनापतिविरुद्ध अभियान



हाम्रो इकोनोमि

 

नेपालमा विदेशी शक्तिहरुले आफ्नो प्रभाव बढाउन चिकित्सक, कानून ब्यवसायी, पत्रकार जगतका ब्यक्तिहरुमार्फत् राजनीतिक भविष्यवाणी गर्दैआएका छन् ।  ती विदेशीहरुले चिकित्सक, कानून ब्यवसायी र पत्रकारबाट भविष्यवाणी गराउन नसके ज्योतिषको सहारा लिने गरेका छन् ।

पछिल्लो पटक विदेशीले केपी ओली सरकार ढल्ने हावादारी भविष्यवाणी गर्न लगाएका छन् ।  वर्तमान सरकार दुईतिहाईको सरकार हो । नेपाल कम्युनिष्ट पार्टीकै झन्डै दुईतिहाई सांसद भएको अवस्थामा सरकार कसरी ढल्छ ? यसको वस्तुगत आधार केही छैन । तर ज्योतिषीको भेषधारीहरु सरकार ढल्ने भविष्यवाणी गर्न तल्लीन भएर लागेका छन् वा लगाइएका छन् ।

विदेशी शक्तिसंग निकट एक पत्रकारले गोपाल कोइराला नामका कथित ज्योतिषलाई प्रयोग गरी ओली सरकार बर्खास्त हुने र प्रधानसेनापति पूर्णचन्द्र थापा सरकार प्रमुख हुने भविष्यवाणी गरेका छन् । जुन भविष्यवाणीको अन्तरनिहीत उद्देश्य सरकार र प्रधानसेनापतिबीच   फाटो ल्याउने रहेको देखिन्छ ।

ओली सरकार बनेपछि निकै आत्तिएका विदेशी शक्तिहरुले ऋषि धमलामार्फत् ज्योतिषीलाई प्रयोग गरी भ्रम फैलाउने प्रयास गरेका छन् । ऋषि धमलाले उनको टेलिभिजन कार्यक्रममा एक कथित ज्योतिषी गोपाल कोइरालासंग अन्तर्वार्ता लिने क्रममा ओली सरकार हटेर राजतन्त्र पुनस्र्थापना हुने र सरकारको नेतृत्व प्रधानसेनापति पूर्णचन्द्र थापाले गर्ने भविष्यवाणी गरेपछि ती विदेशी शक्तिको बच्कनापना झल्किएको छ ।

 

सेनापति थापाले सेनाको भर्नामा हुने बेथितीदेखि ठेक्कापट्टामा हुने अनियमिततालाई रोक्ने कार्यको सुरुवात गरेका छन् । सरकारको निर्देशन अनुसार नै काम गर्दैआएका छन् । यस्तो अवस्थामा कथित ज्योतिषीले सेना र सरकारबीच भ्रम छर्न विदेशीहरुले ज्योतिषलाई प्रयोग गरेका छन् ।

कथित ज्योतिष कोइरालाले अझ अगाडि बढेर २०७६ सालमा ४ लाख माानिसको मृत्यु हुने भविष्यवाणी गरेर जनमानसमा अफवाह र त्रास समेत फैलाएका छन् ।

नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापा जननिर्वाचित सरकारको निर्देशन अनुसार काम गर्न थालेपछि ती विदेशी शक्तिहरु ज्योतिषको सहारामा सरकार ढल्ने, राजा आउने जस्ता मनगढन्ते भविष्यवाणी गर्दै समाजमा भ्रम फैलाउन तल्लीन भएका छन् । सरकारको कामकारबाही गाउँ  खाने कथा जस्तै छ ।  न्यायपालिका आफैं ५ सदस्यीय बृहतपूर्ण  इजलासले गरेको फैसलाका बिरुद्ध रिट दर्ता गर्छ ।

 

यस्तै मौका पारेर विदेशी शक्तिहरु ज्योतिषीको सहारामा जनताले आन्दोलनमार्फत् हटाइसकेको राजतन्त्र पुनर्स्थापित  हुुने र सेनाले शासन गर्ने भ्रम छर्न खोजिरहेका छन् । जसको गोटी पत्रकार बनेका छन् । जसले कथित ज्योतिषीलाई टेलिभिजनमा बोलाएर संविधानविरुद्ध भविष्यवाणी गर्न उकासेका छन् ।

धमलाले महत्व दिएर अन्तर्वार्ता लिएका ज्योतिषी गोपाल कोइराला तिनै हुन्, जसले २०७२ असोजमा सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित हुने घोषणा गरेका थिए । तर प्रधानमन्त्रीमा ३ सय भन्दा बढी सांसदको समर्थनमा केपी ओली निर्वाचित भएका थिए ।

 

गोपाल कोइराला जस्ता कथित ज्योतिषले भनेको पुग्ने भए र उनीहरु भविष्यबेत्ता भए राजाको बंशविनाश हुँदा होस् वा सुशील कोइरालाको रहस्यमय मृत्यु हुँदा होस् उनीहरु कहा“ थिए ? किन भविष्यवाणी गर्न सकेनन् ? यो प्रश्नको उत्तर ती कथित ज्योतिषहरुले गर्न सक्ने अवस्था छैन ।

चर्चामा आउनका लागि जे पायो त्यही बोल्ने र बोलाउनेमाथि पनि कारबाही हुनुपर्ने आवाज उठ्न थालेको छ । प्रधानमन्त्री केपी ओलीले हावादारी ज्योतिषको पछि नलाग्न पनि सचेत गराइसकेका साँधु समाचारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
३३ अंक घट्यो सेयर बजार

    अघिल्लो कारोबार दिन ७.९० अंक बढेको सेयर बजार सोमबार ३३.२८ अंक...

व्याक नहुने अडानमा कन्सल्टेन्सी व्यवसायीका स्वतन्त्र समुह

    सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा...

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री,...

यो अन्तिम भोज नै त हैन होला : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई...