गृहमन्त्रीको जन्मोत्सवमा दश किलोको केक



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीले मन्त्री र उच्च कर्मचारीहरूलाई मितव्ययी बन्न बेलाबेला निर्देशन दिने गरेका छन् । ओलीले तडकभडक पनि नगर्न निर्देशन गरेका छन् ।

 

यसैक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुरक्षा प्रमुखहरूलाई साथमा राखेर आफ्नो जन्मोत्सव भव्य रुपमा मनाएका छन् । गृहमन्त्री थापाले बिहीबार राति पुल्चोकस्थित सरकारी क्वाटरमा आफ्नो ५४औँ जन्मोत्सव मनाएका हुन् । जन्मोत्सवका क्रममा गृहमन्त्री थापाले महँगो केक काटेर मनाएका छन् । थापाको जन्मोत्सवमा दुई वटा केक काटिएको उच्च स्रोतले जनाएको छ ।

 

गृहमन्त्री थापाको जन्मोत्सव मनाउने क्रममा तयारी पारिएको भिडियो सामाजिक सञ्जामाल भाइरल बनेको छ । दुई वटा केकको मूल्यका बारेमा केही भनिएको छैन । तर, दुई वटा केकको तौल कम्तीमा पनि दश किलोको हुन सक्ने प्रत्यक्षदर्शीको भनाइ छ ।

 

गृहमन्त्री थापाको जन्मोत्सव मनाउन नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, गुप्तचर विभाग (राष्ट्रिय अनुसन्धान विभाग)का प्रमुख (आइजीपी) गणेश अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

 

गुप्तचर विभाग प्रधानमन्त्री कार्यालयमा गाभिएको छ । गुप्तचर प्रमुख अधिकारी भने प्रधानमन्त्री ओलीको आँखा छलेर गृहमन्त्री थापाको जन्मोत्सव मनाउन सुटुक्क पुल्चोक पुगेपछि खैलाबैला भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...