गृहमन्त्रीको जन्मोत्सवमा दश किलोको केक



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीले मन्त्री र उच्च कर्मचारीहरूलाई मितव्ययी बन्न बेलाबेला निर्देशन दिने गरेका छन् । ओलीले तडकभडक पनि नगर्न निर्देशन गरेका छन् ।

 

यसैक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुरक्षा प्रमुखहरूलाई साथमा राखेर आफ्नो जन्मोत्सव भव्य रुपमा मनाएका छन् । गृहमन्त्री थापाले बिहीबार राति पुल्चोकस्थित सरकारी क्वाटरमा आफ्नो ५४औँ जन्मोत्सव मनाएका हुन् । जन्मोत्सवका क्रममा गृहमन्त्री थापाले महँगो केक काटेर मनाएका छन् । थापाको जन्मोत्सवमा दुई वटा केक काटिएको उच्च स्रोतले जनाएको छ ।

 

गृहमन्त्री थापाको जन्मोत्सव मनाउने क्रममा तयारी पारिएको भिडियो सामाजिक सञ्जामाल भाइरल बनेको छ । दुई वटा केकको मूल्यका बारेमा केही भनिएको छैन । तर, दुई वटा केकको तौल कम्तीमा पनि दश किलोको हुन सक्ने प्रत्यक्षदर्शीको भनाइ छ ।

 

गृहमन्त्री थापाको जन्मोत्सव मनाउन नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, गुप्तचर विभाग (राष्ट्रिय अनुसन्धान विभाग)का प्रमुख (आइजीपी) गणेश अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

 

गुप्तचर विभाग प्रधानमन्त्री कार्यालयमा गाभिएको छ । गुप्तचर प्रमुख अधिकारी भने प्रधानमन्त्री ओलीको आँखा छलेर गृहमन्त्री थापाको जन्मोत्सव मनाउन सुटुक्क पुल्चोक पुगेपछि खैलाबैला भएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...