फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकता, यादव अध्यक्ष, भट्टराई वरिष्ठ नेता



हाम्रो इकोनोमि

 

उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेका दुवै पार्टीका नेताहरुले बताएका छन्।  केही महिनायता पार्टी एकताबारे नयाँ शक्ति र फोरमबीच वार्ता पक्रियालाई लिएर धेरै पटक छलफल भइसकेको थियो। उक्त छलफल अद्यापि जारी छ। भोलि र पर्सि बस्ने दुई दलको बैठकले पार्टी एकतालाई टुंगोमा पु-याउनेमा दुवै दलका नेताहरुले बताउँदै आएका छन्।

 

तर स्वयं फोरम अध्यक्ष यादवले भने पार्टी एकताको कुरा खालि मौखिक मात्र भएको र कागजी पक्रियामा नरहेको बताएका छन्। तर, तीन महिनायता भएका विभिन्न चरणका वार्ता पक्रियाले भने केही दिनमै मूर्तरुप पाउने र दुई दल एक हुने सम्भावना रहेको स्रोत बताउँछ। यसअनुसार सम्भवत वैशाखभित्रै दुवै दल एक हुनेछन्।

 

को अध्यक्ष, को वरिष्ठ ? 

पार्टी एकता प्रक्रियामा भएका छलफल र बैठकमा को अध्यक्ष हुने भन्ने विषयले प्रधानता पाएको छ। सहमतिअनुसार दुवै अध्यक्ष राखिने स्रोत बताउँछ। जसमा वरीयता क्रममा भने भट्टराई अघि रहने बताइएको छ। तेस्रो वरीयता भने तत्कालीन एमालेबाट टुक्रिएर संघीय समाजवादी पार्टी बनाएका र पछि उपेन्द्रसँग विलय भएका अशोक राईले पाउने एक फोरम नेताले द नेपाल टपलाई जानकारी दिए।

 

यी दुई पार्टीबीच निर्वाचनका समयमा एकता गर्ने प्रयास भएको भए पनि नेतृत्व विवादकै कारण सफल हुन भने सकेको थिएन। तर एकथरी फोरमका नेताहरुले बताएअनुसार भट्टराईले नभई यादवले पार्टी अध्यक्ष पाउने सम्भावना छ। नाम उल्लेख नगर्ने सर्तमा फोरमका एक नेताले भने, ‘ठूलो पार्टी भएको नाताले यादवज्यू नै अध्यक्ष हुुनुपर्छ भन्ने हाम्रो माग हो, भट्टराईलाई वरिष्ठ नेता बनाउने कुरो उठेको पनि छ।’

 

ती नेताले भने, ‘सकेसम्म दुवै अध्यक्ष बन्नेछन्, यदि दुवै अध्यक्ष नहुने भए यादवज्यूले अध्यक्ष पाउनेछन्।’ तर नयाँ शक्ति पार्टी केन्द्रीय सदस्य रामरिझन यादवले भने आफू काठमाडाैं बाहिर रहेकाे र यसबारे जानकारी नरहेकाे द नेपाल टपलाई जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...