भेनेजुएलामा मादुरो सरकारले प्रदर्शनकारीमाथि गाडी कुदायो (भिडियो)



हाम्रो इकोनोमि

 

भेनेजुएलाका विपक्षी नेता जुआन गुआइडोले आफ्ना समर्थकहरुलाई बुधबार पनि सडकमा प्रदर्शन गर्न आह्वान गरेका छन् ।

मंगलबारको प्रदर्शन तनावपूर्ण भएपछि उनले बुधबारको लागि पनि प्रदर्शनका लागि आह्वान गरेका हुन् ।

मंगलबारको प्रदर्शनको राष्ट्रपति निकोलास मादुरोले प्रतिवाद गरेका थिए । मादुरो प्रशासनले प्रदर्शनकारीलाई बख्तरबन्द गाडी प्रयोग गरेर प्रदर्शन गरिरहेको स्थानमै कुदाएको दृश्यसहितका कतिपय भिडियोसमेत सार्वजनिक भएका छन् ।

 

तर प्रदर्शनकारीलाई केही भए वा नभएको भिडियो प्रष्ट देखिँदैन । मादुरोले टेलिभिजननमा सम्बोधन गर्दै गुआइडो पक्षले सानो समूहमा प्रदर्शन गरेको तर उनी असफल भएको बताएका थिए ।

अमेरिकी विदेशमन्त्री माइक पम्पेओले भने मादुरो मंगलबार क्युवातर्फ भाग्न लागेको भएपनि रसियाले रोकेको सीएनएनसँगको कुराकानीमा बताएको बीबीसीले उल्लेख गरेको ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...