स्वदेशमै रोजीरोटीको प्रबन्ध हुन्छ प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक दिवसको दिन नेपालीका लागि स्वदेशमै रोजीरोटीको प्रबन्ध गरिने प्रतिवद्धता व्यत्त, गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा देश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सो कुरा सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।

 

श्रमजीवीहरुको हक–अधिकार सुनिश्चित गर्न श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयनमा सरकार लागेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । यही क्रममा श्रमिकहरुको न्यूनतम पारिश्रमिक ३९ प्रतिशतले वृद्धि गरिएको प्रधानमन्त्रीको भनाइ छ ।

 

 

योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी नियमावली र कार्यविधिसमेत तयार पारेको स्मरण गराउँदै उहाँले पूर्व प्रतिवद्धताअनुरुप नै आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू हुने प्रतिबद्धता दोहोर्‍याउनुभयो । सरकारले गत साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको थियो ।

 

देशभित्र रोजगारी सिर्जना गर्ने काममा पनि सरकारले गम्भीरतापूर्वक काम गरेको प्रधानमन्त्रीको भनाइ छ । देशभित्र रोजगारी सिर्जना गर्ने उद्देश्यकै लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको जानकारी दिँदै उहाँले यही आर्थिक वर्षभित्र प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न उत्पादकत्व वृद्धि गर्ने ठोस योजनाका साथ सरकार अघि बढेकोसमेत सन्देशमा उल्लेख गर्नुभएको छ ।

 

आजको दिन हरेक वर्ष संसारभरका मजदूरहरुले विशेष उत्सव मनाउने गरेको स्मरण गर्दै विश्वभर छरिएर रहेका नेपाली श्रमजीवीप्रति सुख, शान्ति र समृद्धिको शुभकामना प्रधामन्त्री ओलीले प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...