राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमण छोट्याएर स्वेदश फिर्ता



हाम्रो इकोनोमि

 

राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर बुधबार स्वेदश फर्किएकी छन् । उनलाई विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले स्वागत गरेका छन् ।

 

राष्ट्रपति भोलि बिहीबार मात्र फर्कने पूर्वनिर्धारित कार्यक्रम थियो । तर, बेइजिङको महत्वपूर्ण भेटघाट सकेर ल्हासा हुँदै फर्किने क्रममा स्वास्थ्यमा समस्या देखियो । चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा पुगेपछि राष्ट्रपतिमा ‘हाई अल्टिच्युड’का कारण समस्या देखिएको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।  समुद्री सतहबाट ११ हजार ९७५ (३६५९) मिटरमा अवस्थित ल्हासामा तल्लो सतहबाट सीधै जाँदा हाई अल्टिच्युड हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...