कैलालीको लम्की तनावग्रस्त, प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ८ जना घाइते



हाम्रो इकोनोमि

कैलालीको लम्की बजारमा आज प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ७ जना प्रहरी र एक सर्वसाधारण घाइते भएका छन् । मंगलबार विहान ट्रकको ठक्कबाट युवतीकोे मृत्यु भएपछि कैलालीको लम्की बजारमा भएको तनाग्रवस्त स्थितिलाई नियनत्रण लिने क्रममा उनीहरु घाइते भएका हुन् ।

 

प्रहरी र प्रदर्शककारीबीच झडप हुँदा ७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए । उनले एक जना सर्वसाधारण समेत घाइते भएको जानकारी दिए । उनले प्रदर्शनले उग्र रुप लिएपछि भीड नियन्त्रण गर्न केही राउण्ड हवाई फायर गरेको बताए । घाइतेहरूको लम्की स्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।

 

मृतकका आफन्त र स्थानीयबासीले ट्रक तोडफोड गरेपछि लम्की बजार तनावग्रस्त भएको हो । आज बिहान ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँकी स्थानीय सुनिता रावलको मृत्यु भएको थियो । मृतकका आफन्त र स्थानीयहरूले दोषीलाई कारबाहीको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...