केरा खानुका फाईदै फाईदा, घामले छाला डढाएको छ? चिन्ता नलिनुहोस्, काँक्रो बन्छ उपयोगी
केरा स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । हरेकदिन एक कोसा केरा खाने गर्नाले शरीर स्वस्थ रहन्छ भने स्फुुर्ती बढ्छ ।
केरामा सुगर र फाइबर प्रशस्त पाइन्छ । त्यस्तै थाइमिन, नियासिन र फोलिक एसिडको रुपमा भिटामिन ए र बी पर्याप्त मात्रामा पाइन्छ । त्यसो त केरालाई उर्जा दिने स्रोतको रुपमा पनि हेरिन्छ ।
साथै यसमा पानीको मात्रा ६४.३ प्रतिशत, प्रोटिटन १.३ प्रतिशत, कार्बोहाइट्रेड २४.७ प्रतिशत तथा चिल्लो पदार्थ ८.७ प्रतिशत हुन्छ । यसबाहेक अरु धेरै फाइदा पनि हुन्छ ।
ती यसप्रकारका छन् :
- केरामा पोटासियम पाइन्छ । जो उच्च रक्तचापका विरामीका लागि निकै फाइदाजनक हुन्छ ।
- अत्यधिक रक्सी सेवनको कारण हुने हयांङओवर उतार्न केरा दुधमा मिसाएर खाँदा निकै फाइदा हुन्छ ।
- केराको सेवनले पेटलाई सितलता प्रदान गर्छ ।
- केराको सेवनले मधुमेहलाई समेत नियन्त्रण गर्छ ।
- केरामा अत्यधिक फाइवर पाइन्छ ।
- केराको सेवनले पाँचन प्रकृयालाई नियमित गराउन सहयोग पुग्छ ।
- अल्सरका विरामकिा लावि केराको सेवन लाभदायी हुन्छ ।
- केरामा आइरन भरपुर मात्रामा हुन्छ । जसका कारण रगतमा हेमोग्लोविनको मात्रा बढ्छ ।
- तनाव कम गर्नका लागि पनि उपयोगी हुन्छ केरा ।
- केरामा ट्राइप्टोफान नामक एमिनो एसिड हुन्छ जसले हाम्रो मस्तिष्कको स्फूर्ति बढाउन मद्धत गर्छ ।
जुनसुकै समयमा पनि सलादको रुपमा प्रयोग गरिने फल हो काँक्रो । प्रशस्त मात्रामा पानी पाइने हुँदा काँक्रो गर्मी समयमा अझ बढी रुचाइन्छ । घरदेखि रेस्टुरेन्टसम्म यो सलादको रुपमा प्रयोग गरिँदै आइएको छ ।
खाना खाँदा सलादको रुपमा काँक्रो चपाउन पाउँदा सबैलाई आनन्द आउँछ । सलादका लागि मात्रै नभएर गर्मीमा पानी प्यास लागेर मुख सुकिरहेको बेला काँक्रो खान पाउँदा कसलाई आनन्द आउँदैन र? काँक्रो खानमा जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि उत्तिकै फाइदा जनक मानिन्छ ।
काँक्रोमा ९५ प्रतिशत पानी हुने भएकाले यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन । साथै काँक्रोमा भिटामिन बी, सी का साथै पोटासियम, फस्फोरस तथा आइरन जस्ता तत्व पनि पर्याप्त मात्रामा पाइन्छ ।
काँक्रो छाला र कपालका लागि अत्यन्तै उपयोगी मानिन्छ, यसमा पाइने बिटा करोटिनले कपाललाई मजबुत बनाउन र छालालाई नरम बनाउन मद्दत गर्दछ । गर्मी समयमा घामले डढेर छालाको कतिपय भाग कालो हुने गर्दछ। घामले डढेर छाला कालो भएको छ भने काँक्रोको रस निकाल्नुहोस् र त्यसमा कागतीको रस लगाउनुहोस् । अनि त्यसलाई १५ मिनेटसम्म छालामा लगाएर छोडिदिँदा त्यस्तो दाग हट्छ ।
काँक्रोको नियमित खानाले कब्जियत, पेटमा ग्यास भरिने जस्ता समस्या कम गर्न सहयोग गर्नुका साथै पोलेको ठाउँमा काँक्रोको पातलो टुक्रा दल्नाले दुखाइ कम हुनुका साथै फोका उठ्नबाट बचाउने गर्दछ ।
महिनावारीको गडबडी हुने महिलाहरुका लागि पनि काँक्रोको सेवन लाभदायी हुन्छ । काँक्रोलाई टुक्रा बनाएर दहीमा बिरे नुन, मरिच, जिरा, पुदिना आदि मिसाएर खाँदा महिनावारी नियमित हुनुका साथै महिनावारीका बेला हुने दुखाइ पनि कम गर्ने गर्दछ । -एजेन्सी