नेकपा एकता, भ्रातृ संगठनमा मारामार, ओली प्रचण्ड मिले, नेपाल एक्लिए



हाम्रो इकोनोमि

 

नेकपाले जिल्ला तहको एकता सके पनि भ्रातृ संगठन एकीकरण अल्झेको छ । अहिलेसम्म २१ वटा जनवर्गीय संगठनमध्ये पाँचवटामा मात्रै भागबन्डा मिलिसकेको छ । नेताहरूले १६ वटा बाँकी संगठनमा पनि छिट्टै सहमति हुने दाबी गरेका छन् ।

 

जिल्ला नेतृत्व टुंग्याएकै शैलीमा जनवर्गीय र पेसागत संगठनको भागबन्डा पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नै गर्ने एक केन्द्रीय नेताले बताए । दुई नेताबीच सहमति भएपछि सबै जनवर्गीय संगठनको नेतृत्व र नाम सचिवालयले नै घोषणा गर्ने भएको हो ।

 

वरिष्ठ नेता माधव नेपाललाई पनि सहमतिमा ल्याउन दुई नेताले गृहकार्य गर्दै गरेको नेकपा स्रोतले बतायो । वरिष्ठ नेता नेपाल भने चीन भ्रमणबाट आइतबार फर्केर सोमबार फेरि अमेरिका प्रस्थान गरेका छन् ।

 

कुन–कुन संगठनमा सकस ?
विद्यार्थी, युवा, मजदुर र महिला संगठनमा सबैभन्दा बढी खिचातानी देखिएको छ । राजनीतिक रूपमा सबैभन्दा प्रभावशाली संगठन भएकाले पूर्वमाओवादी र पूर्वएमाले दुवै पक्षले यी संगठनमा दाबी गर्दै आएका छन् । विद्यार्थी र युवा संगठनमा एक–एकवटाको नेतृत्व लिने गरी दुई पक्षबीच सहमति भएको पूर्वमाओवादी समूहतिरको विद्यार्थी अध्यक्ष रञ्जित तामाङले बताए । त्यसैगरी, मजदुर र महिलामध्ये एउटा–एउटा संगठन बाँड्ने तयारी नेकपाले गरेको छ । युवा संगठनको नाम के राख्ने र नेतृत्व कसले लिने भन्नेमा विवाद छ ।

 

अरू १२ जनवर्गीय संगठनमा भने पार्टीको प्रभावका आधार भागबन्डा गर्ने नेकपा स्रोतले जनायो । किसान संगठन, जनसांस्कृतिक संघ, आदिवासी जनजाति संगठन, मधेसी संगठन, मुस्लिम संगठन, दलित संगठन, भूतपूर्व सैनिक संगठन, पत्रकार, अपांग संगठन, खेलकुद संगठन, सुकुम्बासी संगठन, उद्योग व्यवसायी संगठनमा पनि नेतृत्व टुंगिन बाँकी छ ।

 

बुद्धिजीवी र कर्मचारीमा पूर्वएमालेभित्रै विवाद 
बुद्धिजीवी र कर्मचारी संगठन पूर्वएमाले समूहले लिने सहमति भएको छ । तर, तत्कालीन एमाले नेताहरूबीचमै कसले नेतृत्व लिने भन्ने हानथाप रहेको स्रोतले बतायो । नेपाल बुद्धिजीवी संघको संयोजकमा तत्कालीन एमालेभित्रै प्राडा.गणेशमान गुरुङ र डा. दिनेशचन्द देवकाटाबीच विवाद छ । यस्तै, राष्ट्रिय पेसागत महासंघ नेतृत्वबारे पनि पूर्वएमालेभित्रै विवाद छ ।

 

यी संगठनले आफैँ गरे एकता 
अरू संगठनले एकताका लागि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको निर्देशन पर्खिरहेका भए पनि इन्जिनियर, मानवअधिकार र कानुन क्षेत्रका संगठन भने आफैँ सर्वसम्मत नेतृत्व चयन गरेका छन् । इन्जिनियरको जनवर्गीय संगठन संयोजकमा शम्भुबहादुर श्रेष्ठ र सहसंयोजकमा हरि पराजुली चयन भएका छन् । श्रेष्ठ पूर्वएमाले र पराजुली पूर्वमाओवादीनिकट हुन् ।

 

त्यस्तै, मानवअधिकार तथा सामाजिक अभियान नेपालको संयोजकमा मीनबहादुर शाही र सहसंयोजकमा हुकुम पोखरेल सर्वसम्मत भएका छन् । शाही तत्कालीन एमालेनिकट हुन् भने पोखरेल माओवादीनिकट । यस्तै, नेपाल कानुन व्यवसायी संगठन संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दिनमणि पोखरेलको नाम सिफारिस भएको छ । नेपाल तत्कालीन एमालेनिकट र पोखरेल माओवादीनिकट हुन् ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...