प्रदेश २ मा नेकपाले सरकार बनाउने प्रचण्डको घोषणा, मुख्यमन्त्री राउतकोको पद धरापमा



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ मा नेकपाले सरकार बनाउने बताएका छन् ।

ललितपुरको खुमलटारमा पार्टी प्रवेशको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले प्रदेश २ मा नेकपा सबैभन्दा ठूलो पार्टी भएको नेताले सरकार पनि नेकपाले नै बनाउनुपर्ने बताए । उनले प्रदेश २ मा बेथिति र अराजकता मौलाएको पनि बताए ।

 

प्रदेश २ को विकासका लागि नेकपाले अब नेतृत्व लिने उनको भनाइ थियो । ‘प्रदेश २ मा हाम्रो पार्टी नेकपा सबैभन्दा ठूलो पार्टी हो’, उनले भने, ‘प्रदेश २ को सरकार र मन्त्रीहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । अब सरकारको नेतृत्व नेकपाले लिन्छ ।’

 

प्रदेश दुईमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संयुक्त रुपमा सरकार बनाएका छन् । मुख्यमन्त्री संघीय फोरमका नेता लालबाबु राउत रहेका छन् । पछिल्लो पटक मन्त्रीहरूले बजेट आफ्ना नातेदारहरूलाई नामै तोकेर दिएपछि विवाद र आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...