संसदमा देउवा र नेम्वाङको जुहारी



हाम्रो इकोनोमि

 

संसदको बजेट अधिवेशनको पहिलो दिन नै बालुवाटारको जग्गा प्रकरणमा सरकार र विपक्षीको जुहारी चलेको छ । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारमाथि बालुवाटारको जग्गा प्रकरण ढाकछोप गर्न लागेको आरोप लगाए । बालुवाटारको सरकारीे जग्गा भूमाफियाको कब्जामा पुग्न लागेको तथ्य सार्वजनिक हुँदा पनि ढाकछोप गर्न खोजेको उनको आरोप छ ।

 

उनले भने, आउने वर्षमा सरकार यस्ता दुष्कर्ममा नलागोस्, जनअपेक्षा पूरा गर्न अग्रसर होस्, मेरो शुभकामना छ ।’ त्यसपछि सम्बोधन गरेका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले देउवालाई जवाफ दिएका छन् ।

 

विपक्षी दलका नेताले सार्वजनिक जग्गा अतिक्रमणको मुद्दा उठाउँदा सकरारको हात बलियो भएको उनले बताए । नेम्वाङले भने, सार्वजनिक जग्गा अतिक्रमण हुन दिँदैन । कसैले पनि अतिक्रमण गर्न दिइँदैन । यो सरकार र प्रधानमन्त्रीको प्रतिवद्धता हो ।’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...