संसदमा देउवा र नेम्वाङको जुहारी



हाम्रो इकोनोमि

 

संसदको बजेट अधिवेशनको पहिलो दिन नै बालुवाटारको जग्गा प्रकरणमा सरकार र विपक्षीको जुहारी चलेको छ । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारमाथि बालुवाटारको जग्गा प्रकरण ढाकछोप गर्न लागेको आरोप लगाए । बालुवाटारको सरकारीे जग्गा भूमाफियाको कब्जामा पुग्न लागेको तथ्य सार्वजनिक हुँदा पनि ढाकछोप गर्न खोजेको उनको आरोप छ ।

 

उनले भने, आउने वर्षमा सरकार यस्ता दुष्कर्ममा नलागोस्, जनअपेक्षा पूरा गर्न अग्रसर होस्, मेरो शुभकामना छ ।’ त्यसपछि सम्बोधन गरेका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले देउवालाई जवाफ दिएका छन् ।

 

विपक्षी दलका नेताले सार्वजनिक जग्गा अतिक्रमणको मुद्दा उठाउँदा सकरारको हात बलियो भएको उनले बताए । नेम्वाङले भने, सार्वजनिक जग्गा अतिक्रमण हुन दिँदैन । कसैले पनि अतिक्रमण गर्न दिइँदैन । यो सरकार र प्रधानमन्त्रीको प्रतिवद्धता हो ।’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...