मुख्यमन्त्री पोखरेललाई लक्षित गर्दै ‘बम’ विष्फोट, कार्यक्रमस्थलमा तनाव



हाम्रो इकोनोमि

 

प्रदेश–२ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थल नजिकै कम विष्फोट भएको छ । रोल्पामा अज्ञात समूहले मुख्यमन्त्री पोखरेल सहभागी कार्यक्रमस्थलदेखि केहि किलोमिटर टाढा बम विष्फोट गराइएको छ । नेकपाको रूकुम जिल्ला कमिटीको कार्यक्रममा सहभागी हुन लिवाङ पुगेका मुख्यमन्त्री शंकर पोखरेललाई तर्साउने उद्देश्यले कार्यक्रमस्थलबाट करीब ५ किलोमिटर टाढा अज्ञात समूहले बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लिवाङस्थित नेपाल उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम शुरु भएको ५ मिनेटपछि विष्फोटको आवाज आएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमका डीएसपी दीपक थापाले विष्फोट भएको पुष्टि गर्दै अहिले घटनास्थलमा सुरक्षाकर्मी पठाइएको जानकारी दिएका छन् । उनले कार्यक्रमस्थलबाट धेरै टाढा विष्फोट भएकाले कार्यक्रम सहज रुपमा चलिरहेको पनि जानकारी दिएका छन् ।

कार्यक्रमस्थलसम्म विष्फोटको आवाज आएपछि कार्यक्रमस्थलमा केहीबेर तनाव समेत भएको बताइएको छ । यद्यपि कार्यक्रम अवरुद्ध नरोकी कडा सुरक्षाबीच जारी राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...