राष्ट्रपति भण्डारी र जापानको सत्ताधारी दलका उप–प्रमुखबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार बिहान जापानको सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता गरेको छ ।

भेटका अवसरमा राष्ट्रपति भण्डारीले जापान नेपालको असल र नजिकको मित्र भएको र नेपालको विकास परियोजनामा सबैभन्दा ठूलो सहयोगी भएको बताएकी छन् । उनले जापान सरकारबाट भएका काम राम्रा र स्तरीय भएको भन्दै प्रशंसा पनि गरिन् ।

उपप्रमुख तोशिहिरो निकाइले दुई मुलुकको सम्बन्ध सकारात्मक भएको र नेपालमा महिला सशक्तिकरणका प्रयासका उदाहरण महिला स्वयं राष्ट्रपति भएकोबाट प्राप्त हुने र यसबाट जापानले पनि सिक्न सक्ने बताए ।

भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सङ्घीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...