संसदको वर्षे अधिवेशन आजबाट



हाम्रो इकोनोमि
 

संघीय संसद्‌को वर्षे अधिवेशन अर्थात बजेट आजबाट सुरु हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गरेसँगै बजेट अधिवेशन आज दिउँसो ४ बजेबाट सुरु हुन लागेको हो । अधिवेशनअन्तर्गत पहिलाे बैठक आज अपरान्ह ४ बजेका लागि बाेलाइएकाे छ।

 

आजकाे बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आव्हान सम्बन्धमा प्राप्त भएकाे पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ । त्यसपछि तिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम संसद बैठककाे अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन हुने छ ।

 

आजकाे थप कार्यसूचीमा अघिल्लाे अधिवेशन अन्त्य भएकाे मितिदेखि आजसम्म दिवंगत भएका पूर्व सांसदहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै शाेक प्रस्ताव पारित गरिने उल्लेख छ। सचिवालयका अनुसार नेपाली कांग्रेसका पूर्व सांसदहरु दिवाकर गाेल्छा, रुद्रमणि शर्मा भण्डारी र रामकृष्ण ताम्राकारप्रति शोक प्रस्तावहरु पारित गरिनेछ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...