संसदको वर्षे अधिवेशन आजबाट



हाम्रो इकोनोमि
 

संघीय संसद्‌को वर्षे अधिवेशन अर्थात बजेट आजबाट सुरु हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गरेसँगै बजेट अधिवेशन आज दिउँसो ४ बजेबाट सुरु हुन लागेको हो । अधिवेशनअन्तर्गत पहिलाे बैठक आज अपरान्ह ४ बजेका लागि बाेलाइएकाे छ।

 

आजकाे बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आव्हान सम्बन्धमा प्राप्त भएकाे पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ । त्यसपछि तिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम संसद बैठककाे अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन हुने छ ।

 

आजकाे थप कार्यसूचीमा अघिल्लाे अधिवेशन अन्त्य भएकाे मितिदेखि आजसम्म दिवंगत भएका पूर्व सांसदहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै शाेक प्रस्ताव पारित गरिने उल्लेख छ। सचिवालयका अनुसार नेपाली कांग्रेसका पूर्व सांसदहरु दिवाकर गाेल्छा, रुद्रमणि शर्मा भण्डारी र रामकृष्ण ताम्राकारप्रति शोक प्रस्तावहरु पारित गरिनेछ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...