३९ वर्षको उमेरमा ४४ सन्तानकी आमा (भिडियो हेर्नुस )



हाम्रो इकोनोमि

 

दुनियाँ आश्चर्यले भरिएको छ ।

यस्तै आश्चर्यको एक अर्को उदाहरण एकजना महिलाले पेश गरेकी छिन् ।

३९ वर्षकी ती महिलाले अहिलेसम्म ४४ जना बच्चा जन्माइसकेकी छिन् ।

तीमध्ये ३८ जना अहिले पनि जीवितै छन् भने ६ जनाको मृत्यु भैसकेको छ ।

 

संसारकै जब्बर यी महिला युगान्डाकी हुन् । उनको नाम मरियम नाबातन्जी हो । १२ वर्षको उमेरमा विवाह गरेकी मरियमले १३ वर्षको उमेरबाट बच्चा पाउन सुरु गरेकी थिइन् । र, पछिल्लो २६ वर्षमा उनले झण्डै ४ दर्जन सन्तान जन्माइसकेकी छिन् ।

 

बिहे गर्दा उनी आफैं बाल्यकालमा थिइन् । तर उनको लोग्नेको उमेर ४० वर्षको थियो । त्यसैले बिहेलगत्तै उनी गर्भवती भइन् र त्यसपछि पनि नियमित रुपमा बच्चा जन्माइरहेकी छिन् ।
३९ वर्षको उमेरमा ३८ जना बच्चा हुनु सामान्य होइन । उनका ती बच्चामध्ये धेरै जुम्ल्याहा हुन् ।

 

उनले ६ पटक जुम्ल्याहा, चारपटक तिम्ल्याहा र तीनपटक चम्ल्याहा बच्चा जन्माइन् ।

 

पहिलोपटक जुम्ल्याहा बच्चा जन्माएलगत्तै उनी परिवार नियोजनका लागि सल्लाह लिन डाक्टरकोमा गएकी थिइन् । तर उनको गर्भाशय अरु सामान्य महिलाको भन्दा निकै ठूलो भएका कारण स्थायी परिवार नियोजन गर्नु वा परिवार नियोजनका औषधि लिनु खतरनाक हुने भनेर डाक्टरले डर देखाएप्छि उनी फर्किइन् । त्यसपछि उनले लगातार बच्चा पाइरहिन् ।

 

मरियमले अहिले आफ्ना ३८ वटै सन्तानलाई एक्लै हेरविचार गरेकी छिन् । छैटौँ पटक जुम्ल्याहा बच्चा जन्माउने समयमा एकजना शिशुको मृत्यु भएपछि उनी निकै रोइन् । उनी रोएपछि उनको लोग्नेले उनलाई छाडेर हिँडे । यसपछि लोग्ने फर्किएको छैन । मरियम एक्लैले बच्चाहरुको हेरविचार गरिरहेकी छिन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...