अब कुनै पनि नेपाली काम खोज्दै विदेश जानुपर्दैन : मन्त्री विष्ट



हाम्रो इकोनोमि

अहिले हरेक दिनजसो हजारौंको संख्यामा नेपाली युवाहरु विदेश जाने गर्दछन् । सरकारले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कामहरु पनि भइरहेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सरकारले जुनसुकै पेशा र व्यवसायमा संलग्न सबै श्रमिकको व्यवसायजन्य सुरक्षाको प्रत्याभुत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

 

१९ औं व्यवसायजन्य सुरक्षा दिवसको अवसरमा आइतबार राजधानीमा भएको प्रभातफेरी पछि प्रज्ञा प्रतिष्ठानमा आयोजित कोणसभालाई सम्बोधन गर्दे मन्त्री बिष्टले श्रमिकको हकहितका पक्षमा नीति निर्माण गरी सोही नीतिका आधारमा व्यवसायजन्य सुरक्षाको व्यवस्था गरिने बताउनुभएको हो ।

उहाँले दैनिक कामका लागि विदेशिने युवाहरुलाई स्वदेशमै व्यवसाय गर्न प्रेरित गर्ने ढंगले सरकारले आवश्यक नीति नियम बनाउन लागेको उल्लेख गर्नुभयो । उहाँले सबैलाई सामाजिक सुरक्षा ऐनको दायरामा ल्याएर उचित पारिश्रमिक, स्वास्थ्य सेवा, पेन्सन लगायतको सुनिश्चित गर्दै कार्यस्थललाई मर्यादित, स्वास्थ्यकर र सुरक्षित पार्ने विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...