खुलामञ्चमा बनाइएका सटरमा डोजर चल्यो



हाम्रो इकोनोमि

 

खुलामञ्च अतिक्रमणका विषयमा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य एक्सनमा उत्रिएका छन् । सम्झौताविपरित खुलामञ्चमा भौतिक संरचानहरु बनाएपछि मेयर शाक्य एक्सनमा उत्रिएका हुन् । मेयर शाक्यको निर्देशनमा महानगरपालिकाले खुलामञ्चमा बनाइएका सटर भत्काउन सुरु गरेको छ ।

खुला मञ्चमा सटर बनाएपछि महानगरपालिकाले शनिबार डोजर लगाएर भत्काउन सुरु गरेको हो । काठमाडौं महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले सटर भत्काउन सुरु गरेको महानगरले जनाएको छ । खुला मञ्चमा ५१ वटा सटर निर्माण गरिएको थियो ।

खुलामञ्च अतिक्रमणका विषयमा मेयर शाक्यले उपमेयर हरिप्रभा खड्गीलाई अनुगमन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिएका थिए ।

शुक्रबार मात्रै शाक्यले उपमेयर खड्गीले प्रतिवेदन बुझाउन ढिला गरे तत्काल डोजर लगाएर सटर भत्काउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...