गृहमन्त्री थापाले के भने खुसुक्क विप्लवलाई



हाम्रो इकोनोमि

 

विप्लव समूहको गतिविधि निस्तेज पार्न सरकार सफल भएको दाबी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गरेका छन् । यद्यपि, उनले यो समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयासमा सरकार लागिरहेको बताए ।

 

‘विप्लव समूहको गतिविधि निस्तेज भएको छ । यसलाई पूर्ण निस्तेज पार्न सरकारले नीतिहरु अख्तियार गरेको छ’, प्रदेश १ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न विराटनगर आइपुगेका मन्त्री थापाले भने ।

 

उनले विप्लव समस्याको समाधान सरकारले वार्ता र संवादबाटै गर्न चाहेको पनि उक्त अवसरमा प्रष्ट पारे । ‘विखण्डनकारी शक्ति (सीके राउत) लाई समेत हामीले वार्ता र संवादबाटै मूलधारको राजनीतिमा अवतरण गराइसकेका छौं । विप्लवजी पनि अब वार्तामा आउनुपर्छ’, कुनै बेलाका आफ्ना सहयात्रीलाई संवादमा आउन सुझाउँदै उनले भने ।

 

विप्लव समूहले विध्वंशकारी गतिविधि गरेकाले सरकारले नियन्त्रणमा लिएको उनले दोहोर्‍याए । जुन सुकै उद्देश्य बोकेका राजनीतिक दललाई शान्तिपुर्ण आन्दोलन गर्ने छुट छ । तर शान्ति सुरक्षामा खलल पुर्‍याउने छुट कसैलाई छैन’, गृहमन्त्री थापाले भने ।

 

फरक प्रसंगमा उनले वर्ष ०७६ लाई सरकारले समृद्धिको वर्ष मानेको बताए । यसका लागि आवश्यक पूर्वाधार तयारीमा सरकार जुटेको उनको भनाइ छ । गृहमन्त्री थापाले राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध सुधारमा पनि सरकार सफल भएको दाबी गर्न भ्याए ।

 

नेकपाको जिल्ला एकताबारे सोधिएको एक प्रश्नमा उनले विधि र प्रक्रियाअनुरुप पछिल्लो जिल्ला एकता टुंग्याइएको उल्लेख गर्दै असन्तुष्टिहरु भए त्यसलाई छलफलमार्फत पार्टीले टुंग्याउने बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...