ओलीलाई सत्ताबाट हटाउँने खर्तनाक खेल,दशैँ अगाडी यसरी प्रधानमन्त्री बन्दैछन् प्रचण्ड



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले अरु नेता संग सल्लाह नै नगरी विप्लब माओबादीलाई प्रतिबन्ध लगाउने निर्णय गरे पछी शशंकित बनेका प्रचण्ड यति बेला भित्र भित्रै ओलीलाई प्रधानमन्त्री बाट हटाएर आफु प्रधानमन्त्री बन्ने योजनामा होमिएका छन्।ओलीको अतिबाद र तानाशाही सन्काहा व्यवहारलाई ठिक पार्न भन्दै उनले पार्टी बाहिर बाट खेल खेल्न थालेका हुन् ।
यही मेसोमा अहिले नेकपा बाहेकका कम्युनिष्ट पार्टी हरु ओली बिरुद्दको मोर्चा बन्दीमा छन्।

 

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई गैर कानुनिरुपमा प्रतिबन्ध लागएको भन्दै आउँदो चार पार्टीले सडक संघर्ष सुरु गरेका छन् । उनीहरुले वैशाख २७ गते सरकारविरुद्ध काठमाडौंमा संयुक्त रुपमा विरोधसभाको आयोजना गर्ने निर्णय गरेका छन् ।

 

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, माओवादी केन्द्र, ऋषि कट्टेल नेतृत्वको नेकपा, र क्रान्तिकारी माओवादीको संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर सडक संघर्षको घोषणा गरेका हुन् ।

 

मंगलबार जारी गरिएको संयुक्त एक प्रेस विज्ञप्तिमा जारी गरि सो जानकारी दिएका हुन । नेपालको संविधानले राजनीतिक अधिकार सुनिश्चत गरे पनि त्यस अधिकारलाई कुण्ठित गर्ने सरकारी निर्णय, तथा देशमा सरकारले जनविरोधी कार्यमा बढावा दिएको भन्दै सरकारको विरोध गरेको जनाइएको छ ।

 

संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ,“केपी शर्मा ओली नेतृत्वको सरकारले देश र जनताको विरुद्ध गरेका गम्भीर राष्ट्रघात र जनघातले नेपाली समाज आक्रान्त छ । यसरी साझा विषयमा मिल्न सक्ने पार्टीहरुले कार्यगत एकतामा जाने निर्णय गरेका छौं ।”

 

विज्ञप्तिमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट सुलभ, क्रान्तिकारी माओवादीका महासचिव किरण, माओवादी केन्द्रका महासचिव कर्णजीत बुढाथोकी, ऋषिराम कट्टेल र देशभक्त जन गणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले हस्ताक्षर गरेका छन् ।

 

संसदमा नागरिकता विध्येक विचाराधिन अवस्थामा विदेशीलाई नागरिकता दिन सरकारले चालेको कदम, प्रधानमन्त्री निवास बालुवाटारको जग्गा, वाइडबडी प्रकणमा भ्रष्टाचारी बचाउने प्रपन्च, एनसेलले तिर्नु पर्ने लाभाम्स तथा करमा मौनता, निर्मला पन्तका हत्याराहरुलाई सार्बजनिक नगरेको तथा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुमाथिको धरपकड तथा थुनचेकको विरोधस्वरुप विरोधसभा गर्ने उल्लेख गरिएको छ ।

 

विज्ञप्तिमा सरकारले तत्काल यस्ता समस्या समाधानतिर लाग्नु पर्ने जानाइएको छ । यदी सरकारले त्यस्तो नगरेको खण्डमा संयुक्तरुपमा आन्दोलन चर्काकाउने पनि उल्लेख छ ।

 

क्रान्तिकारी माओवादीको कार्यालय बुद्धनगरमा भएको छलफलमा ६ बुँदे सहमति भएको छ । भारतले तयार गरेको नक्कली नक्शामा नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतमा गाभेर ३७२ वर्ग किलोमिटर जमिन गायब पारिएको भन्दै विरोध जनाइएको छ । संयुक्त विज्ञप्तिमा भारतले तयार गरेको नक्सामाथि प्रतिबन्ध लगाएर नेपाल सरकारले आफ्नो भूभाग सुरक्षित भएको नक्सा तयार पार्न पनि माग गरिएको छ ।

 

पार्टी भित्र ओली बिरुद्दको जनमत तयार पारेका प्रचण्डले दशैँ अगाडी प्रधानमत्री बन्ने गरी योजना अघि सारेका छन्। ओलीलाई भुत्ते पारेर आफु प्रधानमन्त्री हुने र आफुले पाएको अध्यक्ष पद माधब नेपाललाई दिएर बामदेव गौतमलाई समेत मिलाउने गरी भित्रि योजना बनेको श्रोतको भनाई छ,यो सबै खेलको नायक नारायणकाजी भएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...