राजतन्त्र फर्काउन खोज्नेलाई ठीक पारिन्छ : मन्त्री बास्कोटा



हाम्रो इकोनोमि

 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजतन्त्र फर्काउन खोज्नेलाई कानूनले ठीक पार्ने चेतावनी दिएका छन् ।

 

जिल्ला समन्वय समिति काभ्रेको तेस्रो जिल्लासभामा उनले इतिहासले किनारा लगाएका तत्व फेरि सल्बलाए कानूनले ठीक पार्ने बताएका हुन् । प्रगति र सुशासनलाई अवरोध पुर्‍याउन धर्मका नाममा आन्दोलनको नौटंकी भइरहेको  मन्त्री बास्कोटाको आरोप छ ।

 

‘धर्मको संवेदनशील कुरामा टेकेर नेपालको प्रगतिको बाटोलाइ अवरुद्ध पार्ने काम भयो भने, इतिहासले किनारा लगाएका तत्वहरु फेरि सल्बलाए भने कानुनले ठीक पारिन्छ’ उनले भने ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र र राजतन्त्र पुनर्स्थापनाको माग राख्दै आन्दोलन गरिरहेका बेला मन्त्री बास्कोटाको यस्तो भनाइ आएको हो । उनले नेपालमा राजतन्त्र फर्किने सपना नदेख्न पनि आग्रह गरे । प्रतिक्रियावादीहरुले चियाको कपमा तुफान ल्याउन खोजेको भन्दै मन्त्री बास्कोटाले सरकार त्यसमा नअलमलिने पनि दावी गरे ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...