राजतन्त्र फर्काउन खोज्नेलाई ठीक पारिन्छ : मन्त्री बास्कोटा



हाम्रो इकोनोमि

 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजतन्त्र फर्काउन खोज्नेलाई कानूनले ठीक पार्ने चेतावनी दिएका छन् ।

 

जिल्ला समन्वय समिति काभ्रेको तेस्रो जिल्लासभामा उनले इतिहासले किनारा लगाएका तत्व फेरि सल्बलाए कानूनले ठीक पार्ने बताएका हुन् । प्रगति र सुशासनलाई अवरोध पुर्‍याउन धर्मका नाममा आन्दोलनको नौटंकी भइरहेको  मन्त्री बास्कोटाको आरोप छ ।

 

‘धर्मको संवेदनशील कुरामा टेकेर नेपालको प्रगतिको बाटोलाइ अवरुद्ध पार्ने काम भयो भने, इतिहासले किनारा लगाएका तत्वहरु फेरि सल्बलाए भने कानुनले ठीक पारिन्छ’ उनले भने ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र र राजतन्त्र पुनर्स्थापनाको माग राख्दै आन्दोलन गरिरहेका बेला मन्त्री बास्कोटाको यस्तो भनाइ आएको हो । उनले नेपालमा राजतन्त्र फर्किने सपना नदेख्न पनि आग्रह गरे । प्रतिक्रियावादीहरुले चियाको कपमा तुफान ल्याउन खोजेको भन्दै मन्त्री बास्कोटाले सरकार त्यसमा नअलमलिने पनि दावी गरे ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...