ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ



हाम्रो इकोनोमि

 

ग्रेटर नेपालको अभियन्ता फणीन्द्र नेपाल पक्राउ परेका छन् । चेक बाउन्स भएको विषयमा उजुरी परेपछि उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले मंगलबार दिउँसो चाबहिलस्थित घरबाटै पक्राउ गरेको हो ।

नरेशकुमार न्यौपानेले लिएको ६ लाख रुपैयाँको चेक बाउन्स भएपछि महाशाखामा उजुरी गरेका थिए । न्यौपाने नेपालका घरबेटी हुन् । उजुरी परेपछि अदालतबाट पक्राउ पूर्जी जारी गराएर उनलाई नियन्त्रणमा लिइएको हो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखका छन्, ‘मैले नरेशकुमार नेउपाने नामक घरधनीलाई घरघाडा वापत ६ लाख रुपैयाँको चेक दिएको थिएँ । चेकको भुक्तानी मितिमा ६ लाख रकम बुझी आज चेक ल्याउन बिर्सिएँ, भोलि चेक फिर्ता गर्छु भनेकोमा चेक बाउन्स गरेर मलाई फसाउने काम भयो ।’

फणीन्द्रले आफूले नेपाल बैंक लिमिटेडको ६ लाखको चेक २१ मंसिर ०७५ शुक्रबार भुक्तान गर्ने गरी दिएको उल्लेख गर्दै पैसा लिइसकेपछि पटकपटक चेक फिर्ता माग्दा पनि नदिएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...