सार्बजनिक यातायातमा महिलालाई छोए जेल चलान गर्ने (भिडियो रिपोर्ट)



हाम्रो इकोनोमि

 

सार्वजनिक यातायातका साधनमा हुने यौन दुर्व्यवहार रोक्न प्रहरीले नयाँ अभियान सुरु गरेको छ। अभियानको नाम ‘सेफ्टीपिन’ दिइएको छ।

प्रहरीको अनुगमनमा सार्वजनिक यातायातका साधनमा यौन दुर्व्यवहार हुँदा महिलाले सुरक्षाका लागि सेफ्टीपिनले घोचेर पुरुषलाई भगाउने गरेको देखियो।

यही आधारमा अभियानको नाम ‘सेफ्टीपिन’ राखिएको हो। यौन दुर्व्यवहारमा संलग्नलाई पक्राउका लागि सार्वजनिक यातायातका साधनमा सादा पोसाकका प्रहरी खटिएका हुनेछन।

प्रहरीको तथ्यांकअनुसार हरेक वर्ष महिला तथा बालबालिकामाथि हुने अपराधको संख्या बढ्दो छ। महिलामाथि हुने हिंसा रोक्न एक सार्वजनिक गाडीमा एक महिला प्रहरीसहित तीन जना प्रहरी परिचालन गरिने छ ।

साथै प्रहरीको भ्यान पनि तयारी अवस्थामा राख्ने र कसैले महिला हिंसा गरे तुरुन्त प्रहरी भ्यानमा हाली प्रहरी कार्यालयल ल्याएर कानूनी कारबाही गरिने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...