सार्बजनिक यातायातमा महिलालाई छोए जेल चलान गर्ने (भिडियो रिपोर्ट)



हाम्रो इकोनोमि

 

सार्वजनिक यातायातका साधनमा हुने यौन दुर्व्यवहार रोक्न प्रहरीले नयाँ अभियान सुरु गरेको छ। अभियानको नाम ‘सेफ्टीपिन’ दिइएको छ।

प्रहरीको अनुगमनमा सार्वजनिक यातायातका साधनमा यौन दुर्व्यवहार हुँदा महिलाले सुरक्षाका लागि सेफ्टीपिनले घोचेर पुरुषलाई भगाउने गरेको देखियो।

यही आधारमा अभियानको नाम ‘सेफ्टीपिन’ राखिएको हो। यौन दुर्व्यवहारमा संलग्नलाई पक्राउका लागि सार्वजनिक यातायातका साधनमा सादा पोसाकका प्रहरी खटिएका हुनेछन।

प्रहरीको तथ्यांकअनुसार हरेक वर्ष महिला तथा बालबालिकामाथि हुने अपराधको संख्या बढ्दो छ। महिलामाथि हुने हिंसा रोक्न एक सार्वजनिक गाडीमा एक महिला प्रहरीसहित तीन जना प्रहरी परिचालन गरिने छ ।

साथै प्रहरीको भ्यान पनि तयारी अवस्थामा राख्ने र कसैले महिला हिंसा गरे तुरुन्त प्रहरी भ्यानमा हाली प्रहरी कार्यालयल ल्याएर कानूनी कारबाही गरिने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...