श्रीलङ्का विस्फोट : मृतकको संख्या २९० पुग्यो



हाम्रो इकोनोमि

 

श्रीलंकामा भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ । करिब ५ सय जना घाइते भएका छन् ।

 

इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला आइतबार चर्च र होटलहरुमा श्रृंखलाबद्ध विष्फोट भएका थिए ।

घटनामा विदेशी नागरिकसहित २९० जनाको मृत्यु भएको जनाएको छ । आक्रमणलगत्तै श्रीलंकाभर लगाइएको थियो ।

कर्फ्यू सोमबार बिहानबाट हटाइएको छ । यद्यपि, घटनापछि सामाजिक सन्जालमा लगाइएको प्रतिवन्ध कायमै रहेको बीबीसीले उल्लेख गरेको छ ।

प्रहरीले शंकास्पद २४ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान जारी राखेको जनाएको छ । पक्राउ परेकाहरु सबै श्रीलंकाका नागरिक हुन् । उनीहरुको सम्पर्क अन्तर्राष्ट्रिय संगठनसँग छ कि छैन भनेर अनुसन्धान भइरहेको जनाएको छ । अझैसम्म आक्रमणको जिम्मा कुनै पनि संगठनले लिएको छैन ।

श्रीलंकामा सन् २००९ मा २५ वर्षे लामो गृहयुद्ध सकिएपछि भएको यो सबैभन्दा ठूलो आक्रमण हो । प्रधानमन्त्री रनिल विक्रमासिंघेले सम्भावित आक्रमणबारे प्रहरीलाई पूर्वसूचना रहे पनि यसको जानकारी मन्त्रिपरिषदलाई नदिइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...