रिनाकाे मृत्यु रहस्यमय बन्दै, संगै सुतेका छोरा भन्छन ‘राति आमाको मोबाइलमा पटक-पटक फोन आइरहेको थियो'(भिडियोसहित)



हाम्रो इकोनोमि

 

मोरङको पथरी-१ स्थित कस्मेटिक पसल खोलेर बस्ने २९ बर्षीय रिना बस्नेत आफ्नै डेरा अगाडी सडकमा नग्न अवस्थामा मृत फेला परेकी छिन।

बेलुका कन्सर्ट हेरेर राती ११ बजे १४ बर्षीय छोरा साइमन बस्नेतसँगै डेरामा फर्केकी रिना बिहान डेरा अगाडी मृत भेटिएकी हुन्। उनको भित्री तथा बाहिरी लुगा सबै कोठामा फेला परेको हो।

उनको श्रीमान हाल दुबईमा कार्यरत छन । कर्न्सट हेरेर राती घर फर्किनेक्रममा आमाको मोबाइलमा धेरै नै पटक फोन आइरहेको तर आमाले उक्त फोन उठाएकी थिईनन्। उनले आमालाई १ बोत्तल बियर ल्याएर दिएको र आधा मात्र खाएको उनका छोरा साइमन बस्नेत बताउछन् ।

राति आमालाई पटक पटक फोन गर्ने व्यक्ति कमल नेपाल हुन्। उक्त व्यक्तिले उनलाई मोबाइल, ट्याब र आमालाई सपिङ्ग गर्ने पैसा दिने गरेको छोराले बताए।

मृतकका जेठाज्यु चक्र बहादुर बस्नेत भन्छन ‘रक्सिले मात्तिएर लडेकी भनेकी बुहारीको शरीरमा कुनै ठुलो चोटपटक लागेको छैन।

घटनाको प्रकृति हेर्दा आत्महत्या नभई हत्या जस्तो देखिएको छ। तर प्रहरीले बिना अनुसन्धान एक सिसि बियरको भरमा मदिरा सेवन गरि मृत्यु भएको भन्दै परिवारको अनुमति नलिई पोस्टमार्टमको लागि सिधै हस्पिटल लगियो। ‘

हाल शवलाई पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक विभागमा ल्याएको छ । उनको खुट्टामा बालुवैबालुवा रहेकाले उनलाई बलात्कार गरी हत्या गरिएको आशंका स्थानीयले गरेका छन् ।

हेर्नुहोस भिडियो :

 

 

 

 

प्रतिक्रिया दिनुहोस
३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

    ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...

रसुवाको बाढीमा १ हजार २५२ जनाको शव फेला पर्‍यो, ४ हजार २१६ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२...

घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...