के तपाइकाे मोजा, खु्ट्टा र काखी गन्हाउने समस्या छ ? यसरी गर्नुस दुर्गन्ध कम



हाम्रो इकोनोमि

 

 

गर्मी सुरु हुने बित्तिकै पसिनाको समस्या सुरु हुन थाल्छ । पसिनाको दुर्गन्ध हटाउन हामी विभिन्न प्रकारका बडी स्प्रेदेखी परफ्यूमसम्म प्रयोग गर्छौँ । तर गर्मीमा हुने एउटा ठूलो समस्या हो जुत्ताबाट आउने गन्ध ।

अफिस होस् या घर जुत्ता खोल्ने बित्तिकै गन्धले गर्द वरिपरिका मान्छेले नाक थुन्न थाल्छन् । यसले गर्दा कहिलेकाहीँ त लाजमर्दो स्थिति नि आइपर्छ । खुट्टाबाट आउने यस्तो गन्धलाई ब्रोमिहाइड्रोसिस को नामले चिनिन्छ ।

खासगरी जो व्यक्तिलाई धेरै पसिना आउँछ उसलाई यस्तो समस्या हुने गर्दछ । हामी सबैको खुट्टामा ब्याक्टेरीया त हुन्छ नै तर जब पसिना यी ब्याक्टेरीयाको सम्पर्कमा आउँछ तब खुट्टाबाट गन्ध आउन थाल्छ ।यस्तो गन्ध हटाउन निम्न प्रकारका घरेलु उपायहरु अपनाउन सकिन्छ ।

बेकिंग सोडा: सोडियम कार्बोनेटलाई नै साधरण शब्दमा बेकिंग सोडा को नामले चिनिन्छ । हल्का मनतातो पानीमा बेकिंग सोडा मिसाएर १५ देखि २० मिनेटसम्म खुट्टा डुबाउनुहोस् ।

यसले ब्याक्टेरीया नियन्त्रण गर्न मद्दत गर्छ ।लैवेंडर आयल: लैवेंडर आयलमा भएको एंटी-फंगल गुणले खुट्टाको गन्ध हटाउनमा फाइदा गर्छ । हल्का मनतातो पानीमा केही थोपा लैवेंडर तेल राखेर केहीबेर खुट्टा डुबाउनुहोस् । दिनमा २ पल्ट यसो गर्नाले फाइदा हुन्छ ।

फिट्किरी: फिट्किरीमा पनि एंटी-फंगल गुण पाइन्छ जसले ब्याक्टेरीयालाई बढ्न दिदैन । एक चम्चा फिट्किरी पाउडर लाई एक मख पानीमा हालेर खुट्टा धुँने गर्नुस् । केही दिनमै गन्धको समस्या हटेर जान्छ ।

डिके नुन: डिके नुनलाई पनि फिट्किरीको जसरी नै प्रयोग गर्न सकिन्छ । यसले पनि ब्याक्टेरीया फैलिनबाट जोगाउँछ ।

अदूवा: अदूवाको रसलाई खुट्टामा दल्नुहोस् र केहीबेरपछी मनतातो पानीले सफा गर्नुहोस् । यसो गर्नाले गन्ध हटेर जान्छ ।खुट्टा सफा राख्नुहोस्: सबैभन्दा महत्वपूर्ण कुरा खुट्टाको सफाइ हो । यदि तपाईले फोहर खुट्टामै जुत्ता लगाउनु भयो भने यसले झन बढी गन्ध फैलाउन मद्दत गर्छ ।यो पनि पढ्नुहोस्….

काखी गन्हाउने समस्याबाट बच्ने उपाय !

गर्मी मौसम पनि सुरु भइसकेको छ। यो समयमा अत्यधिक पसिना आउने समस्यासँगै काखी गन्हाउने गर्छ। यो समस्याका कारण कतिपयलाई सार्वजनिक स्थल वा कार्यलयमा बस्दा समेत ठूलो समस्या पर्ने गरेको छ । तर, काखी गन्हाउँछ भन्दैमा नआत्तिनुहोस्। किनकी यसका समाधान पनि छन्। काखी गन्हाउने समस्याबाट बच्ने उपाय यस प्रकार छन्ः

सरसफाई र स्वास्थ्यमा ध्यान: काखीमा पसिना आएपछि ब्याक्टेरिया उत्पन्न हुन्छन् र त्यसको दुर्गन्ध शरिरभर फैलिएर समग्रमा शरिर नै गन्हाउँछ। हाम्रो शरिरको कुनै पनि अंगमा आउने पसिनालाई रोक्न सकिँदैन किनकी पसिना आउनु पनि एउटा नियमितता हो। तर यसबाट उत्पन्न हुने समस्याबाट बच्न गर्मी मौसममा कम्तिमा एकपल्ट नुहाउने गर्नुपर्छ। विशेगरी एन्टिब्याक्टेरिया साबुनको प्रयोग गर्नुपर्छ।

हावा छिर्ने कपडाकाे प्रयाेग : हावा छिर्ने (प्राय कटन र फाईबर)का लुगा लगाउनुपर्छ। पसिना नसोस्ने तथा छालामा पनि अशर गर्ने भएकोले गर्मी मौसममा सिन्थेटिक्सयुक्त कपडा लगाउनुपर्छ। खाना खाँदा बिचार पुर्‍याउने: गर्मी मौसममा कफीको मात्रा, जंक फुड र तेलीय खानेकुरा घटाउनै पर्छ। यी खानेकुरा विशेषगरी क्याफिनले पसिना ग्रन्थीलाई उत्तेजित बनाउँछ जसका कारण शरिरमा अत्यधिक पसिना आउने र गन्हाउने गर्छ।

तुलसी र निम पातकाे प्रयाेग : तुलसी र निम दुबैमा ब्याक्टेरिया बिरोधी तत्वहरु हुन्छन्। यसले ब्याक्टेरिया उत्पन्न हुनबाट बचाउँछ। तुलसी र निमको पातको लेपन बनाएर काखी वा शरिरको पसिन आउने अन्य भागमा लगाउनुपर्छ। केही समय रहन दिएर धुने वा नुहाउने गर्नुपर्छ। सातामा तीन पटक यस्तो लेपन लगाउँदा उत्तम हुन्छ। नुहाउनु भन्दा अगाडि यो लगाउँदा प्रभावकारी हुन्छ।

मौसमी फलफुल र पर्याप्त पानी : मौसमी फलफुल र प्रर्याप्त पानी पिउदा पनि पसिना गन्हाउने समस्याबाट केही हदसम्म बच्न सकिन्छ।काखीमा कागती: कागतीको रस दल्नु सबैभन्दा उपयुक्त घरेलु तरिका हो। यसबाट कुनै साइड इफेक्ट हुँदैन। आधा टुक्रा काटेको कागती काखीमा निचोरेर दल्ने र यसलाई केही समय सुक्न दिएर लुगा लगाउनुपर्छ। यसको केहीबेर पछि चिसो पानीले नुहाउनुपर्छ। यसले शरिरबाट आउने पसिनायुक्त गन्धबाट मुक्त गर्नुका साथै लामो समयसम्म ताजा राख्छ।

छालाको पीएच घटाउ : एसिड भएको समयमा छालाको ब्याक्टेरिया बाँच्न सक्दैन। तसर्थ स्याउको वाइन, भिनेगार, चियाको तेल र विच हेजल लगाउँदा पनि शरिरको दुर्गन्ध हट्छ। स्याउको वाइन, भिनेगर र विच हेजललाई पाखुरामुनि दल्ने गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...