सेयर बजारमा उछालः नेप्से ३१ अंकले बढ्दा कारोबार रकमले एक अर्ब नाघ्यो



हाम्रो इकोनोमि

 

 

साताको पहिलो कारोबारमा सेयर बजारमा उछाल देखिएको छ । आइतबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा उच्च वृद्धि भएको छ ।

सो दिन नेप्से परिसूचक ३१.८९ अंकले बढेर १२६४.२० अंकमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.५९ प्रतिशत बढी हो ।

गत बिहीबार नेप्से परिसूचक १२३२ अंकमा पुगेर बजार बन्द भएको थियो ।

त्यस्तै, आइतबार कुल १७१ कम्पनीको एक अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन बिहीबारको तुलनामा २६ करोड ९२ लाख रुपैयाँ बढी हो । गत बिहीबार कुल १६५ कम्पनीको ७५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी नेपाल बैंकको १४ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै कारोबारमा आएका दुई समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । निर्जीवन बीमा र उत्पादनमूलक समूह क्रमशः ७.२२ र ११.९२ अंकले ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...