सेयर बजारमा उछालः नेप्से ३१ अंकले बढ्दा कारोबार रकमले एक अर्ब नाघ्यो



हाम्रो इकोनोमि

 

 

साताको पहिलो कारोबारमा सेयर बजारमा उछाल देखिएको छ । आइतबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा उच्च वृद्धि भएको छ ।

सो दिन नेप्से परिसूचक ३१.८९ अंकले बढेर १२६४.२० अंकमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.५९ प्रतिशत बढी हो ।

गत बिहीबार नेप्से परिसूचक १२३२ अंकमा पुगेर बजार बन्द भएको थियो ।

त्यस्तै, आइतबार कुल १७१ कम्पनीको एक अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन बिहीबारको तुलनामा २६ करोड ९२ लाख रुपैयाँ बढी हो । गत बिहीबार कुल १६५ कम्पनीको ७५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी नेपाल बैंकको १४ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै कारोबारमा आएका दुई समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । निर्जीवन बीमा र उत्पादनमूलक समूह क्रमशः ७.२२ र ११.९२ अंकले ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...