कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउँदै नेकपा



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले वैशाख ९ गते कम्युनिस्ट पार्टीको ७०औँ स्थापना दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ ।

नेकपाका नेता एवम् सांसद कृष्णगोपाल श्रेष्ठका अनुसार नेकपाको ७०औँ स्थापना दिवस वैशाख ९ गते मध्यान्ह १ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा मनाइनेछ ।

स्थापना दिवसका अवसरमा हुने विशेष कार्यक्रमलाई नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली, दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा हुन लागेको कार्यक्रममा सहभागी हुन नेकपाले आफ्ना नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूसँग आग्रह गरेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रीबीच पार्टी एकीकरण भएपछि पहिलो पटक कम्युनिस्ट पार्टीको स्थापना दिवस नेकपाले मनाउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...