कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउँदै नेकपा



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले वैशाख ९ गते कम्युनिस्ट पार्टीको ७०औँ स्थापना दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ ।

नेकपाका नेता एवम् सांसद कृष्णगोपाल श्रेष्ठका अनुसार नेकपाको ७०औँ स्थापना दिवस वैशाख ९ गते मध्यान्ह १ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा मनाइनेछ ।

स्थापना दिवसका अवसरमा हुने विशेष कार्यक्रमलाई नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली, दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा हुन लागेको कार्यक्रममा सहभागी हुन नेकपाले आफ्ना नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूसँग आग्रह गरेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रीबीच पार्टी एकीकरण भएपछि पहिलो पटक कम्युनिस्ट पार्टीको स्थापना दिवस नेकपाले मनाउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...