ओली–नेपालबीच बालुवाटारमा वार्ता, पार्टी एकता टुङ्ग्याउने तयारी



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । अर्का अध्यक्ष आरामका लागि भन्दै सिन्धुपाल्चोकको सुकुटे गएकै बेला ओली–नेपाल वार्ता भएको हो ।

 

आउने ९ गते पार्टीको एकता टुङ्ग्याउने गरि बालुवाटारमा दुई नेताबीच बिहीबार बेलुका र शुक्रबार बिहान सघन छलफल भएको हो । एकता टुङ्गिन नसक्नुमा पूर्व एमालेभित्रका दुई गुटबीचको अन्तरद्वन्द्व मुख्य कारण भएकाले ९ बैशाख अगावै विवाद मिलाउन ओली र नेपालले यो हप्ता एकता वार्तालाई सघन बनाएका हुन् ।

 

यसअघि ओलीले नेकपामा रहेका पूर्व एमालेका बरिष्ठ नेताहरु झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल लगायतसँग पनि यस्तै कुराकानी गरेका थिए । ७७ मध्ये पूर्व एमालेको भागमा परेको ४५ जिल्लाको नेतृत्व टुङ्ग्याउन ओलीले नेताहरुसँग छलफल गरेका थिए ।

 

नेकपाका ७७ वटा जिल्ला कमिटीमध्ये पूर्व एमालेको भागमा ४५ र पूर्व माओवादी केन्द्रको भागमा ३२ जिल्ला कमिटीको नेतृत्व (अध्यक्ष) छुट्ट्याइएको छ । अध्यक्ष नपाउने पक्षले सचिवको जिम्मेवारी पाउनेछ ।

 

एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा बनेको पनि एक बर्ष पुग्न लागिसकेको छ । तर, नेताहरुले अहिलेसम्म एकतालाई पूर्णता दिन सकेका छैनन् । दुई पार्टीका विभाग, जनवर्गीय संगठन, आयोगहरुको एकताले पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...