शेयर बजार नेप्से दोहोरो अंकले बढ्दा ७४ करोडमाथिको कारोबार



हाम्रो इकोनोमि

 

आज अर्थात् बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ ।

आज नेप्से १५ दशमलव २२ अंकले बढेर १ हजार २ सय ३२ दशमलव २६ अंकमा पुगेर आजको कारोबार बन्द भएको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ३ दशमलव ९९ अंकले बढेर २ सय ६५ दशलमव ५६ अंकमा पुगेर बन्द भएको छ ।

यस दिन १ सय ६५ कम्पनीको २४ लाख ३३ हजार २ सय ७५ कित्ता कारोबार हुँदा ७४ करोड ४१ हजार ४२५ रुपैया बराबरको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबर कुमारी बैंकको भएको छ । जसको कारोबार ८ करोड ५८ लाख २ हजार ५ सय ३० रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएको १० वटा समूहहरुमध्ये ६ वटा समूहको शेयर मूल्य बढेका छन् भने बाँकी ४ वटा समूहको शेयर मूल्य भने घटेका छन् ।

यसदिन सबैभन्दा बढी बैकिङ समूह २५ दशमलव ३५ अंक, होटल समूह १६ दशमलव ३६ अंक, लघुवित्त समूह १२ दशमलव ० अंक, उत्पादन समूह १० दशमलव ५७ अंक, अन्य समुह १ दशमलव १९ अंक, विकास बैंक समुह ० दशमलव ७२ अंकले बढेका छन् ।

त्यसैगरी जीवन विमा समूहको शेयर मूल्य सबैभन्दा बढी २५ दशमलव ०१ अंकले गिरावट आएको छ ।

निर्जिवन विमा समूह १३ दशमलव ३२ अंक, जलविद्युत समह ६ दशमलव १४ अंक, वित्त समूह ३ दशमलव ९७ अंकले गिरावट आएका छन् ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...