शेयर बजार नेप्से दोहोरो अंकले बढ्दा ७४ करोडमाथिको कारोबार



हाम्रो इकोनोमि

 

आज अर्थात् बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ ।

आज नेप्से १५ दशमलव २२ अंकले बढेर १ हजार २ सय ३२ दशमलव २६ अंकमा पुगेर आजको कारोबार बन्द भएको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ३ दशमलव ९९ अंकले बढेर २ सय ६५ दशलमव ५६ अंकमा पुगेर बन्द भएको छ ।

यस दिन १ सय ६५ कम्पनीको २४ लाख ३३ हजार २ सय ७५ कित्ता कारोबार हुँदा ७४ करोड ४१ हजार ४२५ रुपैया बराबरको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबर कुमारी बैंकको भएको छ । जसको कारोबार ८ करोड ५८ लाख २ हजार ५ सय ३० रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएको १० वटा समूहहरुमध्ये ६ वटा समूहको शेयर मूल्य बढेका छन् भने बाँकी ४ वटा समूहको शेयर मूल्य भने घटेका छन् ।

यसदिन सबैभन्दा बढी बैकिङ समूह २५ दशमलव ३५ अंक, होटल समूह १६ दशमलव ३६ अंक, लघुवित्त समूह १२ दशमलव ० अंक, उत्पादन समूह १० दशमलव ५७ अंक, अन्य समुह १ दशमलव १९ अंक, विकास बैंक समुह ० दशमलव ७२ अंकले बढेका छन् ।

त्यसैगरी जीवन विमा समूहको शेयर मूल्य सबैभन्दा बढी २५ दशमलव ०१ अंकले गिरावट आएको छ ।

निर्जिवन विमा समूह १३ दशमलव ३२ अंक, जलविद्युत समह ६ दशमलव १४ अंक, वित्त समूह ३ दशमलव ९७ अंकले गिरावट आएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...