प्रधानमन्त्री ओलीले भने : नेपाल अन्तरिक्ष युगमा प्रवेश गर्‍यो



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका छन् । नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि उनले खुसी व्यक्त गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका हुन् ।

 

प्रधानमन्त्री ओलीले बिहिबार बिहान ट्वीट गर्दै स्याटलाइट निर्माणदेखि प्रक्षेपणको कार्यसम्म संलग्न सबै वैज्ञानिकहरुलाई बधाइ दिएका छन् । यसबाट नेपालको प्रतिष्ठा बढेको ओलीले बताएका छन् ।

 

बिहीबार बिहान २ः३१ बजे अमेरिकाको भर्जिनियाबाट नेपालको भूउपग्रह ‘नेपालीस्याट-१’ अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । नेपाली भू-उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ ।

 

जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठसहितको वैज्ञानिक टिमले भूउपग्रह अर्थात ‘नानो स्याटेलाइट’ निर्माण गरेको हो । भूउपग्रह निर्माणको नेतृत्व विश्वविद्यालयका वरिष्ठ अन्तरिक्ष वैज्ञानिकले गरेका छन् । जसलाई प्रत्यक्ष रुपमा नेपाली वैज्ञानिक श्रेष्ठ र मास्केले सहयोग गरेका हुन् ।

 

नार्थट्रोप ग्रुमान सिग्नस नामक मालवाहक अन्तरिक्ष यानबाट प्रक्षेपण भएको नेपाली भूउपग्रह १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर उचाईको तथा केबल १.३३ किलोग्राम वजनको छ ।

 

यो भू उपग्रह जापानको क्युसु इन्सटिच्युट अफ टेक्नोलोजी अन्तर्गतको बड्र्स परियोजनामार्फत निर्माण भएको हो भने यसको सबै खर्च नेपाली सरकारले व्यहोरेको छ । नेपाली भूउपग्रहसँगै सोही अन्तरिक्ष यानमा जापानी तथा श्रीलंकाली भू उपग्रह समेत प्रक्षेपण भएका छन् ।

 

नेपाली भू उपग्रह केही समय अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहने र त्यसपछि अन्तरिक्षमा छाडिने छ । नेपाली भू उपग्रह त्यसपछि पृथ्वीको सतहबाट ४ सय किलोमिटरको उचाईमा अन्तरिक्षको निम्नतहमा रहने छ ।

K P Sharma Oli@kpsharmaoli

आज बिहान २:३१ बजे नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट-१‘ प्रक्षेपण भएको छ। यो संगै नेपाल पनि सेटलाईट प्रक्षेपण गर्ने मुलुकहरूको सुचिमा जोडिएको छ। यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीबृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्ट सहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...