नेपालको पहिलो भू-उपग्रह यसरी गरियो प्रक्षेपण (हेर्नुस पूरा भिडियो)



हाम्रो इकोनोमि

 

नेपालको भू–उपग्रह पहिलोपल्ट अन्तरिक्षमा प्रक्षेपण गरिएको छ ।

अमेरिकी अन्तरिक्ष निकाय नेशनल एरोनोटिक्स एन्ड स्पेस एडमिन्सट्रेसन (नासा) का अनुसार सो स्टालाइट नेपाली समयानुसार बिहीबार बिहान २ः३५ मा प्रक्षेपण गरिएको थियो ।

भर्जिनिया राज्यको तटस्थित नासाको वालोप्स उडान केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा सो भू–उपग्रह प्रक्षेपण गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा (प्रतिष्ठान (नास्ट) ले जनाएको छ ।

भू–उपग्रह आकारमा सानो भए पनि नेपालको इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा भू–उपग्रह पुग्ने भएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले सामाजिक सञ्जालमा खुशी व्यक्त गरिरहेका छन् ।

‘वर्डस–३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम’ अनुसार नेपालीसहित ३ देशका भूउपग्रहलाई एकैसाथ अन्तरिक्षमा पठाइएको हो । यस कार्यक्रमअन्तर्गत नेपालसहित श्रीलंका र जापानको पनि भूउपग्रह सोतर्फ पठाइएको छ ।

नेपाली भूउपग्रहलाई ‘नेपाली स्याट–१’ नाम दिइएको छ । नेपाली भूउपग्रहलाई एन्टारेस् नामक वायुयानभित्र रहने सिग्नस् कार्गो विमानमा राखेर अन्तरिक्षमा प्रक्षेपण गरिएको हो ।
नेपाली भूउपग्रहको निर्माण नेपाली वैज्ञानिक आभाष मास्केसहितको टोलीले गरेको हो । भूउपग्रहलाई जापानमा निर्माण गरिएको हो । उनका अनुसार ‘नेपाली स्याट–१’ को तौल एक किलो ३ सय ग्राम छ ।

नास्टका अनुसार यस कार्यक्रमका लागि नेपाल सरकारले २ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। नेपालले यस क्षेत्रमा धेरै काम गर्न बाँकी रहेकोले सरकारले प्रत्यक्ष सरोकार राख्नुपर्नेमा वैज्ञानिकहरु जोड दिन्छन् ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुगिसकेपछि यो भूउपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहन्छ । त्यसपछि मात्रै यसले काम गर्न थाल्ने छ । अन्तरिक्षमा पृथ्वीलाई चक्कर लगाउने यसले भूउपग्रहबाट नेपालले रिमोट सेन्सिङ भनिने प्रविधिको फाइदा लिन सक्छ ।

यसको सहयोगबाट नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदिका बारेमा जानकारी प्राप्त गर्न सक्छ । यसका लागि भूउपग्रहबाट प्राप्त गरिने तस्बिरहरू स्रोत हुनेछन् । नास्टका अनुसार ती तस्बिरहरु प्राप्त हुनासाथ सञ्चारमाध्यममा समेत प्रकाशित गरिने छ ।

सामान्यतया यस्ता भूउपग्रहहरु ३ महिनादेखि १ वर्षसम्म अन्तरिक्षमा रहनसक्ने भए पनि कुनै कुनै भूउपग्रहहरु भने १० वर्षसम्म पनि अन्तरिक्षमा रहनसक्ने बताइएको छ । ‘नेपाली स्याट–१’ भने लामो समय अन्तरिक्षमा नरहने बताइएको छ । तस्विर र भिडियो स्रोत :

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...