मोदीको हेलिकोप्टरमा ‘रहस्यमयी कालो बाकस’ भेटिएपछि



हाम्रो इकोनोमि

 

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हेलिकोप्टरबाट एउटा संदिग्ध कालो बाकस निकालेर लैजाँदै गरेको घटनाको छानबीन गर्नुपर्ने भन्दै कांग्रेसले माग गरेको छ ।

कांग्रेसका अनुसार मोदीको कर्नाटकमा चित्रदुर्गको चुनावी यात्रामा यो बाकसलाई हेलिकोप्टरबाट उतारिएको थियो ।

कांग्रेस प्रवक्ता आनन्द शर्माले प्रधानमन्त्रीलाई यसबारे स्पष्टिकरण दिन माग गरेको छ ।

आनन्द शर्माले चुनावी आयोगको बाकसका सामग्री अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

कांग्रेसको कर्नाटक इकाईले पहिले नै यसबारे निर्वाचन आयोगमा उजुरी दर्ता गरिसकेको शर्माले जानकारी दिएका छन् ।

मोदीले अप्रिल ९ मा कर्नाटकको चित्रदुर्गमा चुनावी र्यालीलाई सम्बोधन गरेका थिए ।

शर्माको भनाई उद्धृत गर्दै समाचार एजेन्सी पिटिआईले भनेको छ, ‘प्रधानमन्त्रीको हेलिकोप्टरसँग अन्य तीन हेलिकोप्टर उडेको हामीले देखेका थियौं ।

अवतरणपछि एउटा कालो बाकस निकालियो र त्यसलाई एउटा नीजि कारमा राखेर लगियो ।

बाकसमा के थियो ? यदि त्यसमा रकम थिएन भने त्यसको अनुसन्धान हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...