अचम्मको विहे ! एक बेहुलाको दुई बेहुलि, उनीहरूकै तीन छोराछोरी जन्ती



हाम्रो इकोनोमि

 

 

भारतको गुजरातस्थित पालघरमा अर्को हप्ता सोमवार पहिलोपटक एक दुलाहाले दुईवटा दुलहीसँग विवाह गर्ने भएका छन् ।

 

यो अनौठो बिहे हुनेछ । बिहेअघि नै उनीहरूका तीन बच्चाबच्ची छन् ।

एउटी दुलही वापीस्थित कम्पनीमा काम गर्छिन् भने अर्की गृहिणी हुन् । बिहेको निमन्त्रणा कार्डमा दुई दुलहीको नाम देखेर मानिस छक्क परेका छन् ।

दुलाहाको नाम सञ्जय धागडा हो । उनी अनाथ हुन् र रिक्सा चलाउँछन् । सञ्जयले १० वर्षअघि बेबीलाई भेटे । दुवैले एकअर्कालाई प्रेम गर्न थाले र बिहे नगरिकनै बस्न थाले ।

सन् २०११ मा सञ्जयले वापीस्थित एक कम्पनीमा जागिर खाने अनि स्कूलमा बनेकी साथी रीनासँग प्रेम गर्न थाले । रीना उमरगाममा बस्छिन् ।

बेबी र रीना दुवैबाट सञ्जयका तीन बच्चा छन् । बच्चाहरू ठूलो भएपछि तीनैले विवाहको निर्णय गरे ।

सुतारपाड नामक स्थानमा यो अनौठो बिहे हुन लागेको छ । बच्चाहरूलाई नाजायज भनी अरूले गिल्ला नगरून् भनी आफूले बिहा गर्न लागेको सञ्जयले बताए ।

दुवै महिलाले आफूहरू विवाह गर्न पाएर खुशी भएको बताए । प्रहरीका अनुसार, आदिवासी क्षेत्रहरूमा यस्ता बिहे सामान्य कुरा हो । एक पुरुषले दुई महिलासँग बिहे गर्ने चलन नै छ । अनि बच्चा पाएपछि बिहे गर्ने पनि नौलो कुरा हैन ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...