तीन दिन नेपाल–भारत सिमाना बन्द



हाम्रो इकोनोमि

 

 

भारतमा हुने लोकसभा निर्वाचनका लागि नेपाल–भारतका सीमा नाका मंगलबार मध्य रातिबाट बन्द भएका छन । यही चैत २८ गते भारतमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर कञ्चनपुरको गड्डाचौकी नाका मंगलबार राति १० बजेदेखि ४८ घण्टाका लागि बन्द भएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक पदम बुढामगरले जानकारी दिए ।

साता दिनअघि भारतमा सम्पन्न बैठकमा दुई देशका अधिकारीबीच तीन दिन सीमा नाका बन्द गर्ने सहमति भएको थियो । भारतको उत्तराखण्ड प्रदेशमा पहिलो चरणमा हुने लोकसभा निर्वाचनका लागि नाका बन्द हुन लागेको हो ।

निर्वाचनलाई मध्यनजर गर्दै कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टालगायतका सीमा नाका २६ चैतको राति १० बजेदेखि २८ गते बेलुका ८ बजेसम्म बन्द हुनेछन् ।

सीमा नाका बन्दसँगै सीमा क्षेत्रको सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । बिरामी, एम्बुलेन्सलगायत आकस्मिक आवतजावतका लागि दुवै देशका अधिकारीबीच समन्वय गरेर समस्या समाधान गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...